के हुँदै छ बाहिरी चक्रपथकाे काम ?
प्रकासित मिति : २०७४ भाद्र ८, बिहीबार ०१:०२
प्रकासित समय : ०१:०२
उपत्यकाभित्र झण्डै ४० बर्षअघि चक्रपथको निर्माण भएको थियो र हाल सञ्चालनमा पनि रहेको छ । चक्रपथको वरिपरि समयसँगै बढ्दो सवारी आवागमन, घनावस्ती र पैदलयात्रुको चापले साँघुरिदै गएपछि बाहिरी चक्रपथको अवधारणा आएको हो ।
हालसम्म सात करोड खर्च गरिएको छ । बारिही चक्रपथ विकास आयोजनालाई आगामी बर्षका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आयोजनाले पहिलो चरणअन्तर्गत चोभार – सतुङ्गल खण्डको ६ दशमलव ६ किलोमिटर लम्बाई क्षेत्रमा अधिग्रहणमार्फत जग्गाप्राप्ती प्रक्रिया शुरु गर्न लागिएको आयोजनाका अधिकृत ध्रुव सापकोटाले जानकारी दिए । बाहिरी चक्रपथ आठ लेनको हुनेछ ।