अामा ! माफ गर्नु हाेला यसपालीकाे तिजमा पनि अधेरी खाेलामा पहिराे अाएर अाउन सकिन

बाध्यताले माइती जान नसकेकी एउटी चेलीकाे कथा

अामा अाज त दरखाने दिन सबैकाे घरमा छाेरी बैनिले भरीएकाे हाेला । तल्थिर मात्थिर गाउँमा मादलकाे ताल सँगै सुरिलाे तिजकाे भाकाले मेराे माइती गाउँ रन्केकाे हाेला । अस्ति उजेलिले फाेन गरेकि थिइ ,गाेधुली साझ सम्म म अाउने बाटाे हेर्दै हुनुहुन्थ्याे अरे । अबत सिरूझै सेताम्मे भएर फुल्नु भाछ अरे , अाखाँ पनि धमिला देख्नु हुन्छ अरे, साहाराकाे नाम मा हातमा लौरो थियाे अरे ।उजेलि परबाट अाउदा मुसुक्क हास्दै खुशी हुनुभयाे अरे ।त्यस्ले काकी नमस्कार भन्ने बितिकै अनुहार धमिलाे बनाउनु भयाे अरे ।

लेखक

हजुरले उजेलिकाे अागमनमा मलाई देख्नु भएकाे थियाे हाेला। अामा बिहे भएपछी छाेरी बैनीलाई माइतीकाे अागनमा अाउन पनि भाग्यमा लेखेर अाउनु पर्ने रैछ । मैले त मेराे सबै खुशी माइती गाउँमा नै छाडेर अाएकाे रैछु अामा । बिहे गरेकाे दुई बर्ष नहुदै हजुरकाे ज्वाइँ लाई दैवले चुडेर लग्याे ।

रंग बिहिन साडी उजाडिएकाे सिउँदाे खाली हात कसरी अाम साथी संगिकाे अगाडि अाउन पनि मन खुल्दैन अामा । उसाेत बुढेसकालकाे सहारा भनेर हुर्काएका छाेरा छाेरी पनि बर्ष दिनकाे चाडमा साथमा भएनन् , दाई परदेश जानु भयाे , म बिहे गरेर अाए देखि माइतीकाे अागनमा पाइला टेक्न पाइन ।सानाेमा बाकाे काधमा चडेर हैट घाेडा हैट खेलेकाे सम्झिन्छु , अामाको हात समातेर राताे-फराक लगाएर मामा घर तिजमा गएकाे सम्झिन्छु , उजेली साइली माइली बसेर रातै भरी तिज गाउँदा पनि थाक्थेनम सबै सबै सम्झिन्छु अामा ।

धेरै बर्ष भयाे हजुरलाई अाउछु अाउछु भन्दै ढाटेकाे याे सालकाे तिजमा जसरि भएपनि अाउछु भनेकाे थिए । अधेरी खाेलामा पहिराे अाएर बाटाे वार -पार गर्न सकिन्न अरे । मलाई माफ गर्दिनु हाेला अामा याे सालकाे तिजमा पनि अाउन सकिन । जङगलकाे बाटाे भदौरे झरी साथमा नाबालक छाेराे लिएर कसरी अाउनु अामा । अर्काे सालकाे तिजमा दाइ अाउनु हुनेछ बुढा बा अामा लाई सम्झेर अनि अाउनु हुनेछ तिजमा लिन याे अभागिनी बैनीलाई सम्झेर नमरी बाचे कालले साचे अर्काे सालकाे तिजमा अवश्य अाउने छु अामा .।
दुखी अात्मा
लता