डाक्टर साप ! इतिहासले साेधेका यक्ष प्रश्नहरूकाे उत्तर दिनबाट तपाईं  भाग्दै हुनुहुन्छ

 

सम्माननिय
पुर्ब प्रधानमन्त्री
तथा बर्तमान नयाँ शक्ति नेपालका सँयाेजक
डाक्टर बाबुराम भट्टराई ज्यु ।
नमस्कार

तपाईंको स्वास्थ्य केही समस्या भएको कुरा मैले पत्र पत्रिकामा पढेर थाहा पाए । र फेरि अप्प्रेसन गरि सन्चो भएको खबर पनि पाए । खुसि लाग्यो । टाउको दुख्दा बैङकक तिर जाने नेतालाई र सरकारि खर्चको भरमा अाफ्नाे उपचार गराउने नेतालाई अाफ्नै खर्च र स्वदेशमा नै उपचार गराउनु भयो अझै गर्व लाग्यो । तपाईंको स्वस्थ स्वास्थ्य लाभकाे कामना गर्दछु ।  र मेरा अाफ्ना केही गुनासा र केहि मनका कुरा लेख्ने अनुमति चाहान्छु ।

डाक्टर साप 

देश इतिहासको एउटा काेर्ष पूरा गरेर नयाँ पाइला चाल्न  अर्थात लम्किने सुरुवाती चरणमा छ । बर्षौदेखिको यो काेर्ष फेर्न नेपाली अामाका हजारौं सन्तानहरुले बलिदान गरेका छन । त्यस्तै सँख्यामा घाइते छन ,कति  बेपत्ता छन । घाइतेहरु जिबन मरणकाे दाेसाँधमा छन ।बेपत्ता परिवारहरू तरवारकाे धारमा जिवन यापन गरिरहेकाछन ।बेपत्ता भएका नागरिकहरूकाे खाेजि कार्य अझै भएको छैन । तपाईंहरुले नेतृत्व गरेको हामीहरु सहभागी भएको त्यो महान जनयुद्ध अाज पनि यो पुरानो भएको छैन ,ताजा नै छ । किनकि तपाईं हाम्रा अगाडि जनयुद्धमा रगत बगाएका शहिदका अामा बुवाहरु जिबित छन घाइतेहरू अँगभङग भएर नि बाँचिरहेका छन ,हुइलचियरकाे पर्खाइमा छन, बेपत्ताहरुका अाफन्तहरु खाेजिकाे पर्खाइमा छन । सबैलाई न्याय दिने कार्य होस कामना हुनत म अाफै पनि घाइते हुँ । भने कसरी पुरानो भयो  जनयुद्ध ?

लेखक

तपाई हामीले राजनैतिक रुपमा उपलब्धि ठानेको नयाँ संविधान सँघियता,धर्म निरर्पेक्षता राज्यको पुनरसँरचना सामानुपातिक समाबेशिता अादि कुराहरु कार्यन्वयनकाे चरणमा छन र बहसमा छन । संबिधान घाेषणा भएपनि सँस्थागत भइसकेका छैनन अहिले पनि । राजतन्त्र हटेको मात्र छ । यसका अवशेषहरू  देखिरहेका छन ,कहाँ कतिखेर कहिले कसरी अाउने हुन भन्ने यो बहस नै छ ।

संविधान जारि हुदा देखिको तराईको अान्दोलन अहिलेसम्म पनि जारि छ । यी माथि उल्लेख घटनाहरु कुनै इतिहासको पानामा अध्ययन गरेर देखेका कुरा पटक्कै होइनन ।

सम्मानिय भट्टराई कमरेड 

यी सबैलाई सहि ट्रयाकमा लिने महान जिम्मेवारी तपाई र अध्यक्ष प्रचण्डलाई नै इतिहास र बर्तमानले अाज पनि सुम्पेको छ । यसको लक्ष्य पूरा पनि तपाईंहरुले नै गर्नुपर्छ जुन अाज पनि जारि छ । यसलाई एकादेशकाे कथा बनाएर तपाईं सिङ्गो  इतिहास र बर्तमानलाइ चटक्कै छाेडेर जसरी तपाई जानू भयो । जसका कारण अहिले अाफ्नाे राजनीतिक जिबनकाे चुनौतीपूर्ण पर्खाल अगाडि उभिनु भएको छ । यसलाई पार गर्न तपाईंसँग ब्यक्तिगत रुपमा केही झिनो अासा त बाँकी  होला, तर प्रयाप्त मात्रामा भने छैन । किनकि तपाईंले बर्षौ देखिको अाफ्नाे लगानी गरेको पाटि र साथीहरू छाेडनु भएको छ । जसका कारण तपाईंका प्रयासहरु सफलता तिर होइन एक पछि अर्काे गर्दै असफलता तिर जाँदै छन ।

जानुपर्ने केही कारण छन । जब हामी अाफुले निर्माण गरेको इतिहास र बर्तमान सबै भुलेर अगाडि बढ्न खाेज्छौ । कसरी सफल हौला र ? एक जना बिर्ध्याथिले दस सम्मा पढेका सबै कुरा भुलेर एस एल सि दिदा अाफुले बाँकी भबिस्यमा पूरा गर्न चाहेका कुराहरू योजनाहरु सुनाएर मात्र पास हुदैन ।  किनकि परिक्षा पास हुन काेर्षमा जे पढाएकाे छ त्यसको सहि उत्तर दिएर मात्र पास भइन्छ । यो कुरा मलाई होइन सबैभन्दा बढि तपाईंलाई थाहा छ । मात्र मैले भन्न खाेजेकाे कुरा के हो भने तपाईंको उत्तर फरक भयो । काेर्ष अनुसारकाे भएन, जसका कारण तपाईं असफलता तिर हुनुहुन्छ । तपाईं सफल बन्नुपर्छ तपाईंहरु सफल हुने भनेको हाम्रो अान्दोलन सफल हुने हो । अान्दोलन सफल हुने भनेको सबैलाई न्याय हुने भनेको हाे । जुन कार्य अहिलेसम्म कठिन माेडमा  उभिएकाे छ झिनो अासामा छ ।

हुनत डाक्टर बाबुराम भट्टराई नेपाली इतिहासमा एक अब्बल सक्षम ब्यक्ति हुनुहुन्छ । यसको पुष्टि तपाईंको बिगतले गरिसकेको छ । तपाई कति बिज्ञ हो भन्ने कुरा नेपाललाई मात्र होइन । नेपाललाई चिन्ने सारा बिश्वलाई थाहा छ । भनिराख्नु पर्दैन । तर अहिले भने तपाईंका गतिविधिहरु किन फरक छन  ? यो पँतिकारकाे बुझाइमा सहि होइन । अब्राहम लिङकनकाे भनाइ सुनेको थिए । म ढिलाे हिड्छु तर उल्टो कहिलै हिडदिन । मलाई लाग्छ तपाईं उल्टो तिर हिडदैनुहुन्छ । मैले भन्न खाेजेकाे महत्त्वपूर्ण कुरा के हो भने । तपाईंले अाफ्नाे गौरबपुर्णा इतिहास र जिम्मेवारी छाेड्नु भयो । र भुल्नु भयो दशबर्षे जनयुद्ध त के अाफुले बुझ्ने जीवन र जगतलाई छुट्याउने माक्सबादि बिश्व दृष्टिकोण दर्शनलाइ नै छाेड्नु भयो । हामी तपाईंलाई अन्तर अात्माले मान्ने तर प्राबिधिक हिसाबले मान्न नसकिने ठाउँमा हुनुहुन्छ ।हामीलाई सहज पनि लाग्दैन अाफ्नाे गौरवान्वित इतिहास छाेडदा जसका कारण तपाई नयाँ काेर्षमा सफल हुन सक्नु भएको छैन । हुन सक्नु पनि हुदैन ।

इतिहासले साेधेका यक्ष प्रश्नहरूकाे उत्तर दिनबाट तपाईं  भाग्दै हुनुहुन्छ । सहिदका अाफन्तहरुले साेधेका प्रश्नहरुकाे उत्तर । घाइते याेद्दाहरुले साेधेकाे उत्तर । बेपत्ताहरुले साेधेकाे उत्तर अझै भनौ तपाईंलाई बचाउन र स्थापित गर्न जिबनकाे कुनै प्रबाह नगरी लडेका याेध्दाहरुकाे उत्तर । तपाईंले दिन सक्नु भएको छैन ।  तपाईंको जिम्मेवारी जाे थियो यसको उत्तर नदिएर सबैलाई बिश्वासमा नलिएर तपाईं कसरी सफल हुन सक्नुहुन्छ ।

यी सब तपाईंका इतिहास मात्रै होइनन । बर्तमान पनि हुन । जसको बिश्वास जित्न तपाईलाई माअेबादि एकताबाट मात्र सम्भब छ।
। तपाईं नयाँ होइन तपाईंसँग भएका हरुलाइ नयाँ बनाउनुहाेस जाे तपाईंले गर्न सक्नु भएको छैन । म स्वयम् तपाईंलाई अादर्श ठान्ने ब्यक्ति हु ।  तर अहिले जुन कदम चालिरहनु भएको छ त्यसमा साथ दिन सक्दिन । बिश्वत हुन पनि सकिन त्यसैले अब तपाई अाफ्नाे अमुल्य याेगदान भएको ठाउँमा अाएर नयाँ ढङ्गबाट अगाडि जान ढिला गर्नु हुदैन ।

अझै भनौ तपाईं नै नजन्मिदै खुलेका पाटिहरु अहिले पनि अाफुलाइ शक्तिशाली बनाएर शासन सत्तामा छन भने तपाईं अाफुले नै स्थापना गरेको सहभागी मात्र होइन चलाएको र निर्माण गरेको पाटि पुरानो भयो भन्नू अलि हतारो मात्र हो कि । जुन जायज तर्क पनि होइन । तपाईंको तर्कलाई बहुसंख्य पाटि कार्यकर्ताले र जनताले स्विकार गर्न सकेका पनि छैनन् । भने साथ दिने कुरा कहाँबाट अाँउछ
त्यसैले समयमै हामी सचेत भएनौ भने एकादेशमा बाबुराम भन्ने नेता थिए अरुको देखा सिकि गर्दै पाटि खाेलेे तर गति लिन नसकेरर पाटि पनि हरायो र अाफुपनि हराए भन्ने कथा नबनाउनुहाेस भन्ने मेरो सचेत अाग्रह हो ।

डाक्टर साप

तपाई देशलाई चाहिने नेता हो । तर अस्तित्वमा नै अाउन सक्नु भएन भने तपाईलाई अरुले मान्नुपर्छ भन्ने नहुन पनि सक्छ ।
अाजपनि नेकपा माअाेबादी केन्द्रका कार्यकर्ता तपाईंलाई यतिकै मान्छन जुन हिजो मान्थे तर तपाईंको गलत कदमलाई साथ नदिएका मात्र हुन । समय छ भनिन्छ नि अाफुले जन्माएकाे सन्तानको जस्तो माया अरुको हुदैन । तपाईलाई माया माअाेबादि अान्दोलनकाे हुनुपर्छ
सहिद घाइते अपांग ती बेपत्ताहरुकाे र लाखौं परिवर्तनकारी जनता जसले हिजो गासबास कपास दिए सेवा तपाईंले तिनैको गर्नुपर्छ ताकि चैतेहरुकाे होइन ।

एक जना किसानले अाफ्नाे बर्षभरि लगाएको धान गहु काेदाे मकै छाेडेर भित्र्याउने समयमा छाेडेर अन्तै घुम्न जान्छ भने त्योभन्दा गैर जिम्मेवार अरु हुनै सक्दैन । तपाईं त्यसाे गर्नुहाेस । अाउनुहाेस माअाेबादि एकतामा जहाँ तपाईंको हित सँगै देशको हित छ सिङ्गो माअाेबादि अान्दोलनकाे हित छ। जतिसुकै राजनीतिक योजनाहरु गर्न सँगठन चाहिन्छ त्यो थाेरै मात्र प्रयास गर्दा जुरुक्क उठ्न सक्छ । जहाँ जिबन दिन सक्ने कार्यकर्ता र बहुसंख्यक जनता छन मेरो चाहना भनेको राष्ट्रकाे बिकास हो प्रगति हो त्योभन्दा माथि कुनै स्वार्थ छैन । तपाईंको साथै देशको भलाई चाहाने सुभचितक र समर्थक हुँ ।  जनयुद्धको दौरानमा घाइते भएको एउटा सिपाही हु अहिलेलाई पत्रबाट बिदा ।

प्रकाशकुमार सिंह पुर्व जन्मुक्ती सेना नेपाल , जाजरकाेट हाल मलेशिया ।