घरमा पुरिएका तीन छोरीको अन्त्येष्टिमा किन भयो ढिला ?
प्रकासित मिति : २०७४ भाद्र ४, आईतवार ००:४३
प्रकासित समय : ००:४३
साउन २७ गते को बाढीले घर भत्किएपछि च्यापिएर कविराज थारुका तीन छोरीको मृत्यु भयो । तर, सात दिन बितिसक्दा पनि उनले मृतक छोरीहरुको अन्तिम संस्कार गरेनन् ।
छोरीसहित घरको कुल देउता पनि घरमै पुरिएपछि उनले अन्तिम संस्कार गर्न नपाएका हुन् । थारु परम्पराअनुसार किरिया बस्न कुल देउता अनिवार्य हुन्छ । किरिया बस्नुअघि कुल देउतालाई नुहाइदिएर उल्टो राख्ने चलन छ ।