किन गएनन् ओली र भट्टराई प्रधानमन्त्रीले बोलाएको बैठकमा ?

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा केन्द्रित रहेर पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका छन्। भदौ ७ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदैछन्। त्यसक्रममा छिमेकी देशमा हुने दुई पक्षीय वार्ता तथा भेटघाटमा उठाउनुपर्ने विषयका बारेमा छलफल गर्न देउवाले पूर्वप्रधानमन्त्रीहरुलाई बोलाएका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचन्ड, लोकेन्द्र बहादुर चन्द लगायत सहभागी छन्।

तर पूर्व प्रधानमन्त्रीद्धय डाक्टर बाबुराम भट्टराई र केपी शर्मा ओली काठमाडौंमै भएर पनि बैठकमा सहभागी भएनन्। प्रधानमन्त्रीले आफ्नो भ्रमणमा नयाँ एजेण्डा र विषयमा छलफल गर्नभन्दा विगतमा गरिएका सहमति र सम्झौताको कार्यान्वयनको विषयमा दुईपक्षीय वार्ता केन्द्रित गर्न चाहेका छन्। त्यसैले उनले विगतमा भएका सन्धी–सम्झौताबारे जानकारी लिन तथा अहिलेको भ्रमणमा उठाउनुपर्ने महत्वपूर्ण विषयबारे धारणा लिन पूर्व प्रधानमन्त्रीहरुलाई डाकेका हुन्।