ज्यान जोगाउन भगवान् पुकार्दै बाडी पिडित भोक मेटाउन राहतको पर्खाईमा

सडक छेउछाउका बाढीपीडितले औषधि, उपचार र राहत पाउन थाले पनि गाउँमा भने अभै सरकारको उपस्थिति शुन्य छ । सरकारले राहत वितरणमा निजी क्षेत्रलाई रोक लगाएपछि मुल सडकभन्दा केही भित्र रहेका बस्तीका बाढी प्रभावित झन् आहत बनेका छन् । गरुडा नगरपालिका २ गेडहीका रामप्रगास सहनीले भाग खान नपाएको पाँच दिन भईसक्यो ।

बाढीले घर भत्र्कादिएपछि सारा समान नष्ट भएर नहरको डिलमा झुल टाँगेर छ महिनाकी सुत्केरी र बच्चासहित खुला आकाशमा सहनीको १३ जनाको परिवारले रात विताउनु परे पनि अहिलेसम्म राहतका नाममा पानीसमेत पुगेको छैन ।, यो खबर आजको नागरिकमा छ ।