अाखिर बल नेपालको ‘कोर्ट’मा छाडेर फर्के वाङ : खुल्यो ‘नयाँ ढोका’

चिनीयाँ राष्ट्रपति सि चिनफिङका विशेष प्रतिनिधि तथा उपप्रधानमन्त्री वाङ याङ नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनको बल नेपालको ‘कोर्ट’मा छाडेर स्वदेश फर्केका छन् । आजको कान्तिपुरमा खबर छ ।

उनको तीन दिने औपचारिक भ्रमणले नेपाल चीन सम्बन्धमा आर्थिक सहकार्यका लागि ‘नयाँ ढोका’ खोलेको यस क्षेत्रका विज्ञहरुको भनाइ छ । भ्रमणबाट चीनले छिमेकीसँग गर्ने व्यवहारमा ‘राजनीतिक शैली’मा अघि बढ्न सक्ने सन्देश दिएको पनि विज्ञहरु बताउँछन् ।

वाङ ग्वाङजाओ वाङडोङ मोडलका एक प्रमुख अभियन्ता हुन् । उनी निकै शक्तिशाली र महत्वपूर्ण नेताका रुपमा चीनमा उदाइरहेका छन् ।