पद, पैसा र पहुँचको प्रतिस्पर्धा

ऋषि आफ्नो एक शिष्यसंग कतै गइरहेका थिए । बाटामा रुख, झार छरपस्ट थिए । बाटोमा जाँदै गर्दा एक ठाउँ चारवटा रुख लहरै उभिएका थिए । पहिलो भर्खरै उम्रिएको, दोस्रो पात हालेको, तेस्रो वयस्क र चौथो ठूलो रुख थियो । ती ऋषिले आफ्नो शिष्यलाई ती रुखहरु क्रमशः सानोदेखि उखेल्न अर्हाए । शिष्यले पहिलो र दोस्रो सजिलै उखेले । तर तेस्रो र चौथो उखेल्न सकेनन् । त्यसपछि ऋषिले शिष्यलाई बुझाउँदै भने– हेर, कुलत पनि यिनै रुखहरुजस्तै हुन् । यसलाई शुरुमै उखेलेर फालेमा मात्र सजिलै निमिट्यान्न पार्न सकिन्छ । यदि यसले जरो गाड्यो भने तेस्रो र चौथो रुखजस्तै उखेल्न निक्कै कठिन हुन्छ ।

कर्म नराम्रो छ भने भाग्य पनि रुन्छ । हिंड्ने गोरुकै पुच्छर निमोठिन्छ । लच्केको हाँगालाई झन लच्काउँछ मान्छे । जंगलमा सुरिलो र सिधा रुख नै काटिन्छ । अरु त अरु तपाईंका ईन्द्रिय नै स्वार्थी छन् । अन्धकार भएपछि आँखैले धोका दिन्छ, देखिदैन । दिन ढलेपछि छायाँले छोड्छ । जीवन एउटा वाक्य हो । जवानी डिक हो भने बृद्ध कमा, अनि मृत्यु फुलस्टप । झुटले सत्यलाई दुख दिन त सक्छ तर परास्त गर्न सक्दैन । केराको पातजस्तो सपाट जीवन कसैको हुँदैन । हाँसेर गरेको पापको सजाय रोएर भोग्नुपर्छ ।

जसरी हातले बाँधेको गाँठो दाँतले टोकेर फुकाउनु पर्छ । दिनेको हात कहिल्यै खाली हुँदैन, विडम्वना माग्नेको पेट कहिल्यै भरिदैन । आजकल पद, पैसा र पावरका लागि मानिसको भागदौड छ । तर शान्ति उसले पाएको छैन । शान्ति सम्पन्नतामा हुँदैन । शान्ति पाउन चार गुणको विकास गर्नुपर्छ– स्वयंसंग मैत्री, करुणा, प्रसन्नता र कृतज्ञता । जेष्ठ बन्न सजिलो छ तर श्रेष्ठ बन्न कठिन । श्रेष्ठ बन्न दृष्टिकोण बदल्नु पर्छ । भगवानको लीला नै हेर्नुस न । ब्रह्मा सृष्टिकर्ता, विष्णु पालनकर्ता, महेश्वर संहारकर्ता । तर विडम्बना पूजा भने तिनै संहारकर्ताको हुन्छ । कारण एउटै हो– डर । औकातले धान्ने उपलब्धि मात्र दिगो हुन्छ । चाहिनेभन्दा बढी प्रकाश मान्छेको आँखामा प¥यो भने उ अन्धो हुन्छ ।

मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस । लेख्नुअघि दुईपल्ट सोच्नुस । केही काम गर्नुअघि तीनपल्ट सोच्नुस । सधैं हेक्का राख्नुस– घमण्डले मान्छे फुल्न सक्ला तर पैmलिन सक्दैन । जो मान्छेसंग धनबाहेक अरु केही छैन नि, त्यो भन्दा महादरिद्र संसारमा अरु कोही हुँदैन । कन्जुसलाई दानी मन पर्दैन । लोभी मगन्तेसंग डाढ गर्छ । रुपवानका लागि बुढ्यौली शत्रु सावित हुन्छ । व्यभिचारी महिलालाई पति मन पर्दैन । गरिबलाई धनी रुचाउँदैन । तर जसको मन शोकले ब्याकुल छ , उसलाई केही मन पर्दैन । त्यो मानिस सुखी हो, जो विगत स्मरण गर्छ, वर्तमानमा बाँच्छ ।

सुगन्धविनाको फुल तृप्ति र उद्देश्यविनाको प्राप्ति अनि प्रसन्नताविनाको जीवन व्यर्थ हुन्छ । मान्छेले सुख एकै बस्तुको प्राप्तिबाट पाउँछ भने दुखका निम्ति धेरै कुराको संयोग मिल्नुपर्छ । धनभित्रको दरिद्रभन्दा गरिबीभित्रको दुखी हुनु लाखौं गुना बेश छ । बाले भन्थे– बाबु , जत्रो ओढ्ने छ , त्यतिमात्र खुटटा पसार्नु । तर विडम्बना म सत्य चाहन्छु , असत्य छ । जीवन चाहन्छु , मरण छ । संयोग खोज्छु , वियोग छ । पूर्णता खोज्छु, जबर्जस्तसंग अपूर्णता आइलाग्छ । संसारमा कुनै विषयको अन्तिम व्याख्या छैन । अरु त अरु मृत्युको पनि । यसरी नकमाउनु कि पाप होस । यसरी खर्च नगर्नु कि रिन लागोस । यसरी नखानु कि अपच होस । यसरी नहिंड्नु कि पुग्न ढिलो होस । जीवनको सत्य के हो भने गाई विभिन्न रंगका भएपनि दूध सेतै हुन्छ । अलग अलग धर्मको शैली अलग भएपनि आखिर त्यसको निष्कर्ष एउटै हुन्छ– मानिसले शुभ कर्म गर्नुपर्छ । मानवसेवा नै सवै धर्मको गन्तव्य हो ।

जो मानिस आप्mनो अवगुण र अरुको गुण देख्छ, उ महान हुन्छ । मानिसको शरीर पनि कल्पवृक्षजस्तै हो, जे माग्यो त्यो पाइन्छ । कुनैपनि धर्मले यो बाचा गर्दैन कि तपाईं सामु कुनै दुख आउँदैन । बरु धर्मले यो विश्वास दिलाउँछ कि दुखमा पनि संयम र आशको दियो निभ्दैन । विद्या, तप, ज्ञान, शील र संयम यसैबाट निसृत हुन्छ । बाँदरले हाँगा लच्काउने मात्र हो, रुख भाँच्ने होइन । यो तागत उ संग हुँदैन । समाज बिग्रन त तपाईं र मेरो सम्बन्ध पो बिग्रनु पर्छ त । थोरै त्यो सम्बन्ध अरु कसैले तामो तुलसो छोएर गाँसिदिएको हो र ? हाम्रो समाजमा एकथरि मान्छे छन, जसलाई गंगा आए गंगै ठीक, जमुना आए जमुनै ठीक । अर्काथरि मान्छे जो यति अतिवादी छन कि समाधानभित्र पनि समस्या खोजिदिन्छन । तेस्रोथरिको त रोगै विचित्रको छ , उनीहरु संसारका भएजति सवै दुख बटुल्छन अनि खोज्छन– सुख ।

समाजको वास्तविकता हेर्नुस त, ठूलो घर छ– परिवार छैन । औषधि महँगियो– स्वास्थ्य बिग्रियो । रक्सी धेरै छ– घाँटी भिजाउने पानीको अभाव छ । मानिस बढेका छन– मानवता शून्यमा झर्दैछ । आम्दानी बढेको छ– आत्मशान्ति छैन । फेसबुके साथी बढे– सुदामाजस्ता साथी एउटै रहेनन । अब मान्छे कम, रोबर्ट मान्छे ज्यादा बाँच्न थाल्यो । बाउ आमासंग छोरो छुटिँदा घरखेत, भाँडाचिन्डा, गाईभैंसी, सुनचाँदी, रुपियाँ पैसा सबै बाँडिए । आमाले नौ महिना गर्भमा राखेर प्रसूति पीडाको त्यो आधा जीवन, आधा मरनको क्षण बाँडिएन । आपूm नांगिएर न्याना कपडाले छोराछोरीको आङ छोपिदिने बाउको फराकिलो छातीप्रति कसैले गौरव गरेन । ५० डिग्रीको तापक्रममा जीवन जाँतो भैंm पिँधेर बचराको मुखमा चारो पु¥याउने बाउको संघर्ष गाथा कसैले लेखेन । सन्तानको स्वास्थ्य बिग्रिएला भनी कैयौं रात अनिदो काट्ने आमाको त्याग अंशबण्डासंग कतै जोडिएन । बरु स्तनपान दिवस मनाएर आमाको अवमूल्यन गरियो ।

पाठेघर र सिन्दुरको अधिकार खोजेर सम्बन्धलाई छालाको थैलाभित्रको गंगाजल जस्तो बनाइयो । सम्बन्धहरु औपचारिकतामा सीमित बन्दै गए । बाआमाका लागि नभाँचिने लौरा बजारमा थुप्रै खरिद विक्री भए । तिनै दिव्य आत्माको कामेका हातलाई भर दिने सन्तानका बलिष्ट हातहरु धर्मराउँदै गए ।  जो कसैको कुरा सुन्दैन त्यो पनि असफल । जो सवैको कुरा सुन्छ त्यो पनि असफल । भनिन्छ– नेपालमा हुनेखाने र हुँदा खाने दुई वर्ग छन ।

तर म त भन्छु– त्यो वर्ग भडखारोमा परेर अहिले मासु्भात खाने र आँसुभात खानेमा विभाजित भइसकेको छ । सुखी हुने उपायः आपूmसंग जे छैन, त्यो बिर्सनु नै सुख हो । मानिस बाँच्छ वर्तमानमा, तर उसलाई विश्वास हुन्छ अर्को जन्मको । स्वर्ग जान पाउँ भनेर हजारौं मन्दिरमा लाखौं घण्ट बजाइन्छन् । दीप बालिन्छन् । भाकल गरिन्छन् । कति निर्दोष पशुपन्छी बली चढाइन्छन् । तिमी अर्को जन्ममा के बन्ने ? प्रश्न नखस्दै धेरैको जवाफ आउँछ– पुतली, चरा । अनिश्चित स्वर्गका लागि आर्थिक, नैतिक र भौतिक रुपमा समर्पित हुने मान्छे आफ्नै आँखा अगाडि देखिएका अनगिन्ती अमानवीय दृश्यमा आँखा चिम्लिन्छ । एउटा बालक सडकमा अनिश्चित भविष्य बाँचेको हुन्छ । तर धेरैको संवेदनाले छुँदैन । अनित्य छ जीवन, अनित्य छ जगत । छ कुनै शाश्वत भने सायद अनित्य मात्र छ । बाँकी सवै भस्म भएर जान्छन । बाँकी रहने भनेको प्रेम मात्र हो । भनिन्छ नि, दूध फाटेको देखेर उही मानिस उदासिन हुन्छ, जसलाई रसभरि बनाउन आउँदैन ।