गजल

लेखक

जसको विगत सम्झेर रोईरहने आदत हुन्छ
उसको जिन्दगीमा आँसु सत् प्रतिशत हुन्छ ।

भट्टी, भट्टी लाग्दैन ! औषधालय लाग्छ मलाई
एक त्यही ठाँउ हो ! जहाँ पिरको मर्मत हुन्छ ।

ए- माथिल्लो जातको “महाशय” यत्ती भन्नुस्
कुन ? प्रयोगशालामा रगतको सनाखत हुन्छ ।

असल कार्यमा दोस्तिको कत्तै नाम सुनिदैन
तर हर कु-कार्यमा किन ? दोषी संङ्गत हुन्छ  ।

उँटले आफै लाई अग्लो सोच्नु स्वभाविक हो
किनकी मरुभूमिमा न ‘पहाड’ न पर्वत हुन्छ ।।

कुसे गाँउपालिका जाजरकोट हाल मलेशिया