सरकारको आँखा नपुगेका ठाउँमा बाढीपीडितको बिजोग
प्रकासित मिति : २०७४ भाद्र १, बिहीबार ०१:४४
प्रकासित समय : ०१:४४
रौतहटको देवाही गोनाही गाउँपालिका २ की ६२ बर्षिया छठिया देवी चार दिनयता चिउरा र दालमोठ धानिएकी छन् । त्यो पनि गाउँलेले दिएका हुन् । उनको त घरसंगै अन्नसमेत बाढीले बगायो । त्यसैले छिमेकीकहाँ आश्रय लिईरहेकी छन् ।
चार दिन बितिसक्यो त सरकार आयो न त कुनै संघसंस्था उनले दुखेसो पोखिन् चामल धान, गहुँ र कपडा सबै बगायो, अब बाँच्ने आधार छैन । बाढीले उक्त वडाका १ सय परिवार विस्थापित भएका छन् । गाउँमा नयाँ मान्छे आउनेबित्तिकै राहत पाउने आसमा झुम्मिहाल्छन् उनीहरु । कान्तिपुर