निरन्तर उद्धार र राहतमा नेपाली सेना
प्रकासित मिति : २०७४ भाद्र १, बिहीबार ००:३६
प्रकासित समय : ००:३६
नेपाली सेनाले बाढी–पहिरो र डुबानमा परेका पीडित ४ हजार ६ सय ४६ घरपरिवारलार्ई खाद्यन्न सामग्री वितरण गरेको छ । सप्तरीको कुशाहा, कोइलाढी, तिलाठी, रामपुरमलनिया र शखरापुरका पीडितलाई खाद्यन्न विरतण गरेको सेनाले जनाएको छ ।
त्यस्तै, रौतहटको गौर नगरपालिकास्थित बेलबिछुवा र वसन्तपुरका २ सय ३० घरधुरीलाई २२ बोरा ड्राई रासन वितरण गरेको छ । रौतहटकै गरुडा नगरपालिकास्थित सिसवा र बरियारपुरमा घाइते तथा बिरामी ९० जनाको उपचार गरेको पनि सेनाले जनाएको छ ।
हेलिकोप्टरमार्फत सेनाले उक्त खाद्य सामग्री वितरण गरेको हो । यस क्रममा सेनाले सुनसरीको कृष्ण प्रणामी मन्दिरमा आश्राय लिई बसेका २ सय पीडितलाई स्वास्थ्य उपचार तथा निःशुल्क औषधि वितरण गरेको छ ।