आखिर हामी आत्मनिर्भर कहिले बन्ने ? खोलो आउँदा पनि गेट खोल्दे भन्नै पर्ने ?

वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि आसपासका गाउँ डुवानमा परेका छन् । यतिबेला तरार्इ अस्तब्यस्त छ । नेपालकाे तराईक्षेत्र अहिले डुबानमा छ  । देश शाेकमग्न अबस्थामा छ ,सयौंको सँख्यामा मानिसहरु बेपत्ता छन । केहीकाे मृत्युु समेत भइसकेकाे छ । मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली । बेपत्ताहरुकाे खाेजि र घाइतेहरुकाे छिटोभन्दा छिटो उदार गर्न र उपचार गर्न सबैलाई  अाग्रह गर्दछु । हुन त याे अनाैठाे घटना भने हैन बर्षेनी तराइबासिले भाेग्दै अाएकाे पिडा हाे ।

जब साउन भदाै  झरी पर्छ देश पिडामा हुन्छ । जनता अत्यन्तै कठिन अबस्थामा हुन्छन ।अाज फेरी त्याे दाेहरीएकाे छ । यतिबेला  म प्रदेशमा छु मुलुक दुखिरहदाँ म पनि दुखिरहेकाे छु । सुचना सँचारकाे माध्यमबाट अाज हामी जहाँ बसे पनि बिज्ञान प्रबिधिले बिश्व एउटा काेठामा अर्थात हातमा सिमित गरिदिएकाे छ । ल्यापटप माेबाइलबाट सँसार हेर्न सकिन्छ । यो बिज्ञानकाे चमत्कार र प्रबिधिकाे बिकाश हामीले राम्रो फाइदा लिएका छौ । यदि यो सुचना र सँचार नभएको भए । कुवाकाे भ्यागुतो र हामीमा केही फरक पर्दैन थियाे हाेला तर अाज बिज्ञान प्रबिधिले गर्दा  नेपाली युवाहरु बिश्वका विभिन्न देशहरु छन । जाे जहाँ भएपनि । अाफ्नाे देशको बारेमा चिन्ता नगर्ने र देशमा भएका हरेक घटनाको जानकारी नलिने कुरा पनि भएन । लिइ राखेका हुन्छौ हरपल हरदम ।

अहिले देशमा अबिरल वर्षा भैरहेकाे छ समाचारहरूमा अाएनुसार मध्य तथा सुदुरपश्चिममा अझै बर्षा हुने संकेत देखिएकाे छ । बर्षा हुनु बाढी अाउनु कुनै नयाँ कुरा त होइन । यो प्राकृतिक प्रकाेप हो । कतिखेर अाँउछ कहाँ अाउछ भन्ने ग्यारेन्टी हुदैन । यदि त्यसाे हुदाे हो त हामी सबै सचेत र सजक रहन सम्भब थियोे । तर त्यसाे हुदैन । किनकि प्राकृतिक प्रकाेप कसैकाे चाहानामा हुने कुरा पनि त होइन । र हुदैन पनि ।

तर हामी कहाँ फरक छ अाफुलाइ देशको सँरक्षक हु भन्ने प्रजातन्त्रका हिमायती सिङ्गो राष्ट्रकाे केन्द्र हु भन्ने  राष्ट्रबादिहरुले काेसि सम्झौता गरेर सयाैँ बर्ष सम्मा लागि  दिएका छन माहाकालि  सयाैँ बर्षका लागि र अरु गण्डकी राप्ती  लगायतका नदि भारतलाई दिएर नेपाललाइ बिपत्ति र दुख दिएर  बर्सौ देखि देशको सिङ्गो शासन सत्ताको बाघडाेर समालेका देशका नलायकहरुले प्राकृतिक रुपमा स्वतन्त्र पुर्बक बग्ने नदिमा अाफ्नाे निहित स्वार्थका कारण बाँध बाँधेर पटकपटक नेपाली जनता मार्ने धराप खडा गरेका छन । त्यसैकाे मारमा छन नेपाली जनता यतिबेला । 

नेपाली जनता र राष्ट्रकाे हित बिपरित अाफु शासन सत्तामा पुग्न र निजी स्वार्थकाे लागि भारतसँग विभिन्न सन्धि सम्झौता गरेका छन । जुन नेपाल राष्ट्र र जनताको हित बिपरित छ । यी र यस्ता राष्ट्रघाति सम्झौता गरेर जनतलाइ जबर्जस्ती मार्ने काम गरिरहेका छन । नदिमा पर्खाल लगाएर चाबि भारतलाई दिने र उसको चाहना अनुसार बन्द र खाेल्न दिनेहरु अाज अाएर गाेहिका अाँसु झार्दै छन ।

खबरदार ! तिमिहरुलाइ त्यो छुट छैन । किनकि तिमीहरू जनतालाई जबर्जस्ती मार्ने पाेखरि खनेर गाेहिका अाँसु झार्दै छौ । सक्छौ भने अाजसम्मा भारतसँग भएका असमान सन्धि र सम्झौता खारेज गर । देश जनताको पक्षमा उठ । होइन भने तिम्रो नाटक बन्द गर

तिमीहरू साँच्चिकै भन्ने हो भने नलायक नै हौ । किनकि बिकास गर्दैनौं ।१९६५ मा मलेसियाबाट छुटिएकाे सिङगापुर अाज बिश्वकाे नमुना याेग्य देश छ । यदि कसैले छाेटाे समयमा बिकास भएको देशको उदाहरण लिनु पर्दा सिङगापुरकाे लिन्छन । अमेरिकाकाे ६५ बर्ष लामो नाकाबन्दी बिरुद्ध लडेर अाफै अात्मनिर्भर भएको देश यदि काेहि छ भने क्युवा हो । उतरकाेरिया एक्लैले अहिले अमेरिकालाई थर्काइ रहेको छ नाकाबन्दी के बम हानेर धाेस्त नै पार्छु भन्दा पनि डराउदैन ।

हामी चाहिँ सँधै भारतको हेपाइ प्रबृतिमा डराएर बस्नुपर्ने यो हुनै सक्दैन र यसरी राष्ट्र स्वतन्त्र र अात्मनिर्भर हुदैन । बन्न पनि सक्दैन ।
त्यसैले गर्दा अाजसम्मा भएका कथित राष्ट्रघाति सम्झौता खारेज गरेर राष्ट्रलाई स्वतन्त्र र अात्मानिर्भर बनाउन । यो अाँट गर्नैपर्छ जबसम्म यो अाँट गर्दैनौं र गुलामी मानसिकता त्यागदैनौ तबसम्म हाम्रो राष्ट्र स्वतन्त्र अात्मानिर्भर बन्न सक्दैन ।

एउटा ठुलो रुख मुनि छाहारि र तपतप्या सहएर उम्रिएकाे धानले कहिलै राम्रो फल दिन सक्दैन । किनकि उसलाई ठूलो रुखले घामकाे प्रकाश र चाहिने मात्रमा हावापानी स्वतन्त्र पुर्बक लिन राेकेकाे हुन्छ । त्यसै गरि हाम्रो स्वतन्त्र निर्णय र अधिकार पनि भारतमा सुम्पिएकाे छ । जसका कारण हाम्रो हरेक राजनीतिक वा बिकास निमार्ण लगायत स्वतन्त्र रुपमा गर्ने निर्णयमा पर्खाल भएको छ । यसलाई खारेज नगरी हाम्रो प्रगति हुदैन । अाम नागरिक यहि चाहान्छन । भारतलाई हेर्ने र बुझ्ने सवालमा अाम नागरिक र सरकारकाे भिन्नता अाकाश पातल फरक छ । म पनि एक अाम नागरिक हु मेरो बुझाइ यहि हो ।

हामी भन्दा साना राष्ट्रहरु स्वतन्त्र छन । अाफ्नाे सार्बभौमसत्ता र सिमाना जाेगाएका मात्र छैनन अात्मानिर्भर पनि छन । के हामी भारत बिना बाँच्न सक्दैनौं ? हामीले किन अाँट नगर्ने ? मान्छे भाेकै त मर्दैन नि । घरमा जे छ त्यही खान्छ । त्यसै गरि हामीले अहिले देखि नै हाम्रा सम्भावना हरु खाेज्न थाल्यौं देशलाई गुलालि होइन । अात्मानिर्भर र स्वाभिमानी बनाउ । त्यसले हामी काेहिसँग डराएर होइन । स्वाभिमानसँग ढुक्क उभिएर मात्र राष्ट्रकाे प्रगति छ जनताको हित छ ।

सँधै भारतको दादागिरी सहेर बस्नु हुदैन । भारतको अडरमा होइन अाफ्नाे अडान हुनुपर्छ । भारतले नाकाबन्दी गर्छ कि सत्ताबाट हटाउछ कि भनेर डराउनु पर्दैन यदि गरिहालेछ भने पनि फरक पर्दैन । मेरो बिचारमा नाकाबन्दी मात्र होइन सिमाना प्रष्टसँग छुट्याएर काँडेतार सहितकाे पर्खाल नै लगाउनु पर्छ याे अाम स्वाभिमानी युवाहरूकाे माग हाे ।

अनिमात्र हामी अाफैले अाफनाे देश भित्र केहि गर्न सक्छाैँ ।  देश भित्र केही गर्ने बातावरण बन्छ । हामी देशभित्रका सम्भाबना खाेज्न थाल्छौ । संधै भारतकाे पराधिनतामा रहे हामी कहिलै थाल्दैनौ । किनकि हाम्रो वानी भनेको पसलेले उदाराे पत्याउन जेलसम्मा सेताे चामलको भात खाने अाफ्नाे घरमा भएको लाेकेल गहुँ मकै काेदाकाे शुद्ध राेटि नखाने चलन छ । त्यो चामल पाएपछि हामीले खेति गर्ननै  छाडि सकेका छौ त्ससैले अब पनि ढिला किन गर्ने हो । बिकास र संबृद्भीकाे हकमा हामी एका देशको कथा हुनसक्छौ त्यसैले  अब जुट्ने बेला भयो सबै एक भइ उठ्ने बेला भयो । सम्भावना खाेजौ  बिकास  र प्रगति राेजौ , परनिर्भरता हटाउ, अात्मानिर्भरता र स्वाभिमान राेजौ जय राष्ट्र जय नेपाल ।