बोल्नै नसक्ने भए डा. केसी

गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पु¥याउने मुख्य मागसहित आमरण अनशनरत प्रा. डा. गोविन्द केसी आइतबार आफूलाई भेट्न आएका कांग्रेस नेता रामचन्द्र पौडेलसँग बोल्न सकेनन् । पौडेलसँग थोरै बोल्ने प्रयास गर्नासाथ उनको सास बढ्यो । मुटुको चाल एक्कासि प्रतिमिनेट दुई सयभन्दा बढी भयो । अनि उनी बोल्न सकेनन् ।

त्यसपछि उनीसँगै रहेका चिकित्सकले पौडेलले सोधेका प्रश्नको जवाफ दिएका थिए । ‘उहाँ बसेर बिस्तारै कुरा गर्न लाग्दासमेत मुटुको चाल १८० देखि २०० प्रतिमिनेटसम्म पुग्छ,’ त्रिवि शिक्षण अस्पतालका आईसीयू इन्चार्ज डा. सुभास आचार्यले भने ।

एक्कासि मुटुको चाल घटबढ भएर नियन्त्रणमा नआए बेहोस वा मृत्युसमेत हुन सक्ने जोखिम रहेको डा. आचार्यले बताए । –कान्तिपुर दैनिकबाट