बाढी पीडितलाई निशुल्क टेलीफोन सेवा

बाढी पीडितलाई निशुल्क टेलीफोन सेवा स्मार्ट टेलीकमले बाढी प्रभावित जिल्लाका पीडितहरुलाई निशुल्क टेलीफोन सेवा उपलब्ध गराएको छ । बाढी प्रभावित क्षेत्रमा सूचनाको सहज पहुँचका लागि निशुल्क टेलफोन सेवा उपलब्ध गराएको जानकारी स्मार्ट टेलीकमले दिएको छ ।

बाढी प्रभावित क्षेत्रमा आइतबारदेखि नै स्मार्ट देखि स्मार्टको नेवटर्कमा फोन गर्दा तथा सन्देश पठाउँदा कुनै शुल्क लाग्दैन । यसैगरी बारा, पर्सा, रौतहट, चितवन,नवलपरासीलगायतका जिल्लाका ३० विभिन्न स्थानमा निशुल्क टेलीफोन बुथसमेत राखेको छ ।

बुथबाट स्थानीय बासिन्दाले आफूले चाहेको स्थान र नेटवर्कमा फोन गर्न पाउनेछन् । बाढी पहिरोका कारण टेलीफोन नेटवर्क नभएका स्थानमा सूचना आदान प्रदानका लागि सहयोग पुग्ने अपेक्षा स्मार्टले गरेको छ ।