कोशी ! सम्झौता गर्दैन

कविता

यो देशकै जमिनमा 
यो अधिराज्यकै नक्सामा 
एउटा भूगोल छ  ।
जहा पानीले बगाएर पनि नसकिने मनहरु छन 
हावाले उडाएर नडग्ने पनि छातीहरु छन 
हाम्रै देशको त्यो अभाबग्रस्त भूगोलमा 
फुलीरहेछन अहिले पनि हजारौ लालीगुरास ।

सुन बिहार सुन युपी 
सुन कान खोलेर सुन इस्ट इन्डिया कम्पनिका दासहरु 
मान्छेले बगाउँन चाहयो भने 
देश पनि बगाउन सक्छ  ।
देश बगाउन कोशीमा बाढी आइरहनु पर्छ भन्ने छैन ।

भागवत गीतामा वर्णित श्री कृष्णहरु 
कोशीमा छन  ।
आशा के हो ?त्यीनहरुको अनुहारमा हेर 
जीवन के हो सोध उनीहरुलाइ 
जो बगेर पनि 
आफ्नु गरिबीलाइ बगाउन दिदैंनन बिहारतिर 
जो मरेर मर्न दिदैंनन युपीलाइ 
जो थोत्रो नागरिकता बोकेर पनि 
जोगाइरहेछ आधुनिक नेपाललाइ ।

उदास अनुहार बोकेर हिडेका मान्छेहरुको देशमा 
अब कोशी सम्झौता च्यातिदिन तयार छ 
त्यो तिम्ले भन्ने गरेको नक्कली नागरिकता बोक्ने मान्छे 
के तिमी उसलाई सक्कली नागरिकता दिन तयार छौ ?