बाढीपहिरोले देशभर ५८ को मृत्यु, २३ बेपत्ता

लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले ५८ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयका अनुसार ३७ जना वेपत्ता भएका छन्। बिहीबारदेखि परेको मुसलधारे पानीले पूर्वमा झापादेखि पश्चिममा बाँकेसम्मका अधिकांश भाग जलमग्न छन्।
गृह मन्त्रालयका अनुसार सुनसरी, रौतहट, मोरङ, सिन्धुली, झापा, दाङ, बाँके, सुर्खेत, बर्दिया, बाग्लुङ, सर्लाही, मकवानपुर, चितवन, पाँचथर, बारा, धनुषा, कपिल्वस्तु र पाल्पा बाढी र पहिरोले उच्च जोखिमयुक्त जिल्ला हुन्। बाढी र पहिरोमा २० जना वेपत्ता भएको मन्त्रालयले जनाएको छ। अन्नपुर्णमा खबर छ ।

कुन क्षेत्रमा कति मृत्यु र बेपत्ता
पूर्व क्षेत्र
सुनसरी- ८ मृत्यु, ५ बेपत्ता
मोरङ- ५ मृत्यु, ५ बेपत्ता
झापा- ४ मृत्यु, ४ बेपत्ता
पाँचथर- १ मृत्यु, ३ बेपत्ता
मध्यक्षेत्र
रौतहट- ७ मृत्यु
सर्लाही- ३
सिन्धुली- ४
बारा- ३
मकवानपुर- २ मृत्यु, ३ बेपत्ता
चितवन- २
महोत्तरी- १
धनुषा- १ मृत्यु, १ बेपत्ता
पर्सा- १ बेपत्ता
पश्चिम क्षेत्र
पाल्पा- १
मध्यपश्चिम क्षेत्र
बाँके- ४
दाङ- ३
सुर्खेत- ३
बर्दीया- २ मृत्यु, १ बेपत्ता
कालिकोट- १
सल्यान- १
कपिलवस्तु- १
सुदुरपश्चिम क्षेत्र
कैलाली- १