गजल

लेखक

उन्यु फुल्दैन किन ? के नपुगेर होला
कि फूलको सौन्दर्य धान्न नसकेर होला ।

ए ! काठमाण्डु तँ किन यति हिलो छस्
शायद जलस्रोतको धनी भएर होला ।

मेरा आँखा अचेल कमजोर हुँदै गए
तिम्रो तस्वीर धेरै हेरिरहेर होला ।

खाना अड्किएर बाडुल्की लाग्दा पनि
कठै !मनले भन्छ तिम्ले सम्झेर होला ।

अचेल धुमिल हुँदैछ,तिम्रो तस्वीर पनि
दिलको क्यामेरामा आँसु पसेर होला ।