यसरी भत्कियो सरकारमा जाने कमल थपाकाे सपना

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको एउटा खुट्टो सिंहदरवार भित्र प्रवेश गरीसकेको थियो । उनका दौरा सुरुवालमा ईस्त्री लागि सकेको थियो । उनलाई जसरी प्रधानमन्त्री शेरबहादुर देउवाले एक हातले भित्र बोलाउदै थिए,त्यसैगरी अर्को हातले बाहिर धकेल्दै थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवको बिगत हेर्दा उनी सत्ताका लागि जे पनि गर्न तयार हुन्छन । चाहे यसमा एमालेका पात्र मिसिएका भए पनि बिगतमा भएका सुरा सुन्दरी काण्ड, हङकङ बैकक् काण्ड यिनको ईतिहासको खातामा दर्ता भएको छ । एमाले नेता प्रदिप नेपालका भाषामा यिनले जव देशको नेतृत्व लिन्छन तव केही न केही गुम्छ ।

अहिले यिनि नेपालको प्रधानमन्त्री छन् । तर भरखरै जुटेको राप्रपा बिभाजित भएको छ। आवरणमा राप्रपा आफ्नै कारणले नै बिभिजित भएको होस तर यो ईतिहास पनि यिनका खातामा चढेको छ। राप्रपाका अध्यक्ष कमल थापाले औपचारिक रुपमा नै भने हाम्रो पार्टी बिभाजन हुुनुमा सरकारको परोक्ष हात छ । कमल थापाको यो आरोप र बिगतमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपाका नेता पशुपति शम्सेर राणाबीच भएको हिमचिमले पनि यो कुरालाई पुष्टि गर्छ ।

अहिलेको राप्रपा बिभाजनले राप्रपाको सिंहदरवार यात्राालाई रोकेको होइन। कमल थापालाई मात्र रोकेको हो । यो बिभाजनले सबै भन्दा बढि फाईदा लिएका छन, पुशपति शम्सेर राणाले । अव निर्वाचन आयोगले उनलाई मान्ययता दिए लगतै चार जनााको संख्यमा उनले आफ्ना पार्टीका सांसदलाई मन्त्री बनाउने छन। अर्को फाईदा १२ जना सांसद लिएर पार्टी एकीकरण गरेका राणााले झण्डै दोब्बर नाफा गर्दै २२ जना लिएर गएका छन् ।

तर संसदमा अर्को कुरा पनि यो बिभाजनबाट प्रष्ट भएको छ कि संविधान संशोधन प्रस्ताव अव पास हुने र्छैन। किन कि कमल थापाको अध्यक्षतामा भएको पार्टीले पक्षमा मतदान नगर्ने औपचारिक घोषणा गरीसेको छ ।