गजल
प्रकासित मिति : २०७४ श्रावण २९, आईतवार ०१:३३
प्रकासित समय : ०१:३३
उन्यु फुल्दैन किन ? के नपुगेर होला
कि फूलको सौन्दर्य धान्न नसकेर होला ।
ए ! काठमाण्डु तँ किन यति हिलो छस्
शायद जलस्रोतको धनी भएर होला ।
मेरा आँखा अचेल कमजोर हुँदै गए
तिम्रो तस्वीर धेरै हेरिरहेर होला ।
खाना अड्किएर बाडुल्की लाग्दा पनि
कठै !मनले भन्छ तिम्ले सम्झेर होला ।
अचेल धुमिल हुँदैछ,तिम्रो तस्वीर पनि
दिलको क्यामेरामा आँसु पसेर होला ।