१६ लाख रुपैया जुट्न नसके एलिनाको ज्यान जान सक्ने

 कुशे गाउँपालिका–७ नारेकी १४ बर्षिय बालिका एलिना हमाल प्राण घातक रोग (रगत क्यान्सर) वाट पिडित भएकि छन् । गत बैसाख महिना देखि एलिसा हमालको निजामति कर्मचारी अस्पताल नयाँ बाणेश्वर काठमाण्डौंमा उपचार भईरहेको छ । प्राण घातक रोगवाट पिडित बालिकाको पूर्ण उपचारका लागि आबश्यक पर्ने रकम जुटाउन एलिनाका बुवा दिपक हमाललाई निकै कठिनाई भएको छ ।

प्राण घातक रोकवाट पुर्ण रुपमा सञ्चो गराउन दुई बर्षको समय लाग्ने उपचारमा संलग्न डाक्टरहरुले बताई रहेको एलिनाका बुवा दिपक हमालले जानकारी दिए । एलिनाको उपचारमा जम्मा जम्मी खर्च १६ लाख रुपैया लाग्ने डाक्टरहरुको भनाई रहेको दिपक हमालले वताए । एलिनाको उपचारका लागि जाजरकोट अस्पतालको सिफारिसमा नेपाल सरकारवाट उपलब्ध हुने “बिपन्न नागरिक कोष” बाट प्राप्त भएको एक लाख सहित ६ लाख रुपैया खर्च भैसकेको दिपक हमालको भनाई रहेको छ ।

आफुले जुटाउन सक्ने सवै विकल्पहरुको प्रयोग गरेर ६ लाख रुपैया खर्च गरिसकेको वताउदै दिपक हमालले भने–“छोरीलाई पुर्ण रुपमा सञ्चो गराउन लाग्ने आर्थिक कहाँवाट, कसरी जुटाउने, भन्ने बिषयमा म निकै अलमलमा परेको छु ।”

आफ्नो जीवनकै सवै भन्दा ठुलो खुशी छोरी एलिनाको जीवन भएको वताउदै दिपक हमालले भने–“छोरीको उपचारका लागि लाग्ने रकम जुटानका लागि मलाई किन्ने कुनै ठाउँ छ भने, म आफै बिक्री हुन चाहान्छु तर, छोरीलाई बचाउन चहान्छु, छोरीलाई बचाउने पैसा जुटाउन मलाई निकै कठिनाई भैरहेको छ ।” चुनावमा धेरै नेतालाई आफैले भोट हालेर जनप्रतिनीधि बनाएको भएता पनि छोरीको उपचारमा कुनै पनि नेता तथा जनप्रतिनीधिले सहयोग नगरेको भन्दै दिपक हमालले दुखेसो पोखे ।

जुम्ला जिल्लाको सिमानासंग जोडिएको कुशे गाउँपालिकाको दुर्गम गाउँ नारेकी एलिना हमाल आर्थिक रुपमा विपन्न परिवारकी बालिका हुन । ओरालो लागेको मृगलाई बाँछाले लखेट्छ भने जस्तै गरिवी र विपन्न घरपरिवारमा जन्म लिएकी एलिनाले राम्रो शिक्षा, स्वास्थ्य पाउने कुरा स्वर्गको बयान गरे जस्तै भएको वेला प्राण घातक रोग लागेर दुर्भाग्य निम्तिएको स्थानिय समाजसेवी चित्रबहादुर शाहीको भनाई रहेको छ ।

नेपालको संविधान २०७२ ले स्वास्थ्यलाई मौलिक हकका रुपमा परिभाषित गरिसकेको अबस्थामा दुर्गम तथा विकट गाउँकी विपन्न एलिना हमालको प्राण घातक रोगको उपचार राज्यले गर्नु पर्ने समाजसेवी शाहीले वताए । साथै एलिनाको उपचारमा स्थानिय तहका जनप्रतिनीधिहरुले पनि ध्यान दिनु पर्नेमा उनले जोड दिदै आएका छन् ।