सांसदमा देउवालार्इ प्रश्न – चीन र भारत भिड्न खोजिरहेका बेला प्रधानमन्त्री किन जानुपर्‍यो भारत ?

व्यवस्थापिका संसदको बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको भ्रमणको औचित्यमाथि सांसद लक्ष्मण राजवंशीले प्रश्न उठाएका छन्। दुई छिमेकी भारत र चीनबीच द्वन्द्व बढिरहेका बेला हुन लागेको प्रधानमन्त्री देउवाको भ्रमणले राम्रो सन्देश नजाने भन्दै उनले अनुपयुक्त समयमा भ्रमण हुन लागेको बताएका हुन्।

प्रधानमन्त्री देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्दैछन्। ‘के यो भारत भ्रमण भ्रमणका लागि उपयुक्त समय हो?’, राजवंशीले प्रश्न गरे, ‘भारत र चीनका सेना एकआपसमा भिड्न खोजिरहेका बेला भारत जान पर्ने कारण के हो?’