अब मौसमको सूचना बेलुनबाट
प्रकासित मिति : २०७४ श्रावण २४, मंगलवार ००:४३
प्रकासित समय : ००:४३
यथार्थ मौसमी सूचना अद्यावधिक गर्ने सरोकारवाला निकाय र सर्वसाधारणलाई सम्प्रेषण गर्न अब नेपाली आकाशमा बेलुन उड्ने भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
वायुमण्डलबाट पनि मौसमी सूचना अद्यावधिक गर्न विशेष प्रकारको बेलुन उडाउने तयारी गरिएको हो । ‘रेडियोसोन्ड’ जडान गरिएको बेलुनले आगामी तीन महिना पछि वायुमण्डलबाट मौसमी ततिविधि नियाल्ने जनाएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्रिवि परिसर किर्तिपुरको ‘रेडियोसोन्स स्टेसन’बाट उडाइने बेलुनले अधिकतम ३० किलोमिटर उचाइसम्मको मौसमी सूचना संकलन गर्न सघाउ पुर्याउने विभागका अधिकारीहरुले जनाएका छन् ।