धिरेन अनुपमको पुस्तक प्रच्छाया लोकार्पण

वीरेन्द्रनगर, सुर्खेत गजलकार धिरेन थापा अनुपमको गजल संग्रह पुस्तक प्रच्छाया र बिष्णुकुमार खड्काको सांगीतिक गजल अप्सरा लोकार्पण गरिएको छ। मध्यपश्चिम गजल मञ्च र मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजले विरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा अनुपमको गजल संग्रह पुस्तक प्राच्छाया र खड्काको सांगीतिक गजल अप्सराको लोकापर्ण गरिएको हो।

कला क्षेत्रका मूर्धन्य व्यक्तित्व प्रेमदेव गिरीद्धारा पुस्तक लोकापर्ण गरिएको थियो । कृतिका बारेमा समालोचन गर्दै वरिष्ठ गजलकार ऋषिशर्मा सुदामाले गजलले अनुपमको जीवन मात्रै नभएर समाजको चित्र देखाएको बताए । समाजलाई सन्देश छर्ने गजलमा नयाँ पन भएको जिकिर गरे । त्यस्तै कृतिको समीक्षा गर्दै युवा गजलकार महेन्द्र चन्द महासागरले धिरेन अनुपम गजलकार मात्रै नभएर गजलका अभियान्ता भएको बताए । गजलमा धेरै विषय र स्वादका गजलहरु समावेश भएकाले पठनीय रहेको बताए ।

कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तित्वका साथै साहित्यकारहरुको बाक्लो उपस्थीति रहेको थियो ।