जब लाईसेन्स लिन मन्त्री नै लाईनमा बसे…….
प्रकासित मिति : २०७४ श्रावण २३, सोमबार ०१:०८
प्रकासित समय : ०१:०८
सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए ।दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनलाई आफुजस्तै सेवाग्राही ठाने ।
ती ब्यक्तिले सेवाग्राहीसंग लाईसेन्स लिन कति गाह्रो है तपाईको मिलाएको हो ? भनी एक दुई जनासंग संवाद पनि गरे । त्यसरी लाईनमा बसेर सेवाग्राहीसंग संवाद गर्ने ती ब्यक्ति यातायातमन्त्ती वीरबहादुर बलायर थिए ।
मन्त्री बलायरले दलालको चलखेल बुझ्न परिचय लुकाएर अनुगमनमा गएको बताए । म अनुगमनमा निस्केको कुरा यातायातका कर्मचारीलाई जानकारी थिएन । सेवाग्राहीले पाएको दुःख देखेर चिन्तित भएँ उनले भने ।, यो खबर आजको कान्तिपुरमा छ ।