प्रेमको असर
उसको फेसबुकको भित्ता सँधै जसो घतलाग्दा स्ट्याटसले भरिने गर्थे । पोस्ट भएको केहिबेरमै त्यसलाई मन पराउनेहरू यतिहुन्थे कि लाग्थ्यो मान्छेहरू यसकै पोस्टको प्रतिक्षामा बसेका छन् । तर ऊ सँधै भन्थी, लाइक कमेन्टको लोभले होइन, मन हलुका बनाउन लेख्छु । अचेल धेरै दिन भएको थियो । उसको वालमापोस्ट आउन छोडेको । खासै अनलाइन पनि देखिन्नथ्यो । आफू पनिव्यस्त नै भइने भएर मैले खासै चासो राखेको थिइनँ । केहिदिन अघि उसले बिहानै फोन गरी । ‘अँ अबिना भन् ।’ मैले मोबाइलको हरियो बटनलाई दायाँतिर धकेलेपछि बोलेँ । ‘तँरुममै हो ?’ उसले सोधी । आवाजमा उत्साह थिएन‘अँहो किन र ?’‘म आउन लागेको ।’‘ए ! ल ल आइज न त । म खाना बनाएर राख्छु ।’ धेरै भएको थियो हामी नभेटेको । शनिबार रमाइलोसँग बित्ने भो भन्ने सोचेँ ।
ऊ आएर चुपचाप बेडमा बसी । मैले सोधेको सन्चै छेस् ? भन्ने प्रश्नको जवाफ पनि दिइन । ढोका खुल्लै थियो । ऊ आफैँले उठेर चुकुल लगाई । अकस्मात् मलाई अङ्गालो हालेर रुन पो थाली । मअक्क न बक्कभएँ । के भयो भनेर भेउपाउनै सकिनँ । उसको घरको सबै अवस्था ठिकै थियो । हामीअन्तिम पटक भेट्दासम्म । प्रेमको चक्करबाट ऊ टाढा थिई, अझभनौँ उसको प्रेमी छैन भनेर हामी सबैलाई विस्वस्त पारेकीथिई । काम राम्रै चलेको थियो उसको । ८ वर्षको मित्रतामा ऊ त्यसरी रोएको कहिल्यै देखेकी थिइनँ मैले । सँधै उर्जामा हुन्थी । उसँग बोल्ने हर कोहिलाई प्रेरणा मिल्थ्यो उसका कुराबाट । सँधै हाँसीरहन्थी । जीवनमा केहि फरक गर्नुपर्छ भन्ने उसको विचारबाट म स्वयम् प्रभावितथिएँ। त्यस्तो मान्छेलाई यो अवस्थामा देख्दा म पनि दुखेँ । म पनि रोएँ उसँगै ।
केहिबेर रोएपछि मन हलुका भएछ क्यारे, रुन्चे स्वरमै पानीमागी । दुबैले पानीपियौँ । मैले केहि सोधिनँ । उसले आफैँ भन्छे भन्नेमा ढुक्कथिएँ । म कसैको व्यक्तिगत कुरा सोध्दिन भन्ने उसलाई राम्रोसँग थाहाथियो । केहिबेरको मौनतापछि ऊ बोल्न थाली । ‘दुईवर्ष भयो हामीले एक अर्कालाई चिनेको ।’ ऊ भावुक भएर भन्नथाली । ‘माध्यम फेसबुक नै हो । अविरल हो उसको नाम । हामीले एक अर्कालाई कहिल्यै प्रेम प्रस्ताव राखेनौँ । प्रेम कसरी भयो पत्तै भएन । आफ्नो सपना पुरा भएपछि विवाह गरौँलाभन्ने सोचले मैले यो कुरा कसैलाई भनिनँ । हाम्रो सम्बन्धको बारेमा थाहापाउने तेस्रो व्यक्ति तँ नै हो । सबथोक राम्रै चल्दै थियो । उर्जा थियो ऊ मेरो । हरेक खुसीका कुरा उसले सुनेपछि मात्र सार्थक लाग्थे । उसलाई सुनाएपछि मात्र पीडाको बोझकम हुन्थ्यो । मलाई धेरैले आफ्नो प्रेरणा मान्छन् तर मेरो प्रेरणा भने ऊ थियो । उसलाई घरबाट बिहेको प्रस्ताव आयो रे ! घरमा नाई भन्नै सक्दिन भन्छ । हाम्रो प्रेमको बारेमा पनि बताउन सक्दिन भन्छ । ऊ म भन्दा उच्च जातको हो । त्यसैले पनि होला उसलाई मेरो बारेमा घरमा भन्न गाह्रो भएको ।
मेरो प्रेमले जित्न सकेन वा म उसको लायक छैन, मैले बुझ्नै सकेकी छैन । अचेल ‘प्रेम प्राप्तिमात्र होइन’भनेर सम्झाउन खोज्छ मलाई । अबिरल मेरो पहिलो प्रेम मात्र होइन, सच्चा प्रेम पनि हो । मैले ऊ बिनाको जिन्दगी कल्पेको छैन । यात्रा जतिसुकै कठिन होस्, गञ्तव्यमा ऊ हुन्छ भने म जस्तो कठिन यात्रा पनि पार गर्न सक्छु । मलाई उसले जति कसैले पनि बुझ्न सक्दैन । मेरो रिस भित्रको प्रेम, मौनता भित्रको पिडा र आसुँ भित्रको खुसीलाई बुझ्न सक्ने उही हो । म उसलाई कुनै पनि हालतमा गुमाउन चाहन्नँ । महिनौँ भयो हामीबोल्न छोडेको । उसमा के बित्तै छ थाहा छैन । उसका फेसबुक र ट्वीटरका भित्ताहरू सँधैजसो देशको चिन्ताले भरिन्छन् । सबै सामान्य छ जस्तो अभिनय गरिरहेछ ।
मैले कोसिस पनि गरेँ उसलाई बिर्सिन । जिन्दगी यस्तै हो, अगाडी बढ्नु पर्छ भन्ने सोचेर सामान्यहुने कोसिस गरेँ । तर सकिरहेकी छैन । चुपचाप बस्दा कतिखेर आँखा रसाउँछन् पत्तो हुँदैन । उसको तस्वीर हेरेर मात्रै कति रातबितेका छन् । ऊ बिना मेरो जीवनले सार्थकता नै पाउँदैन जस्तो लाग्छ । म एकदमै कमजोर महसुस गर्छु आफुलाई । मलाई थाहा छ उसले पनि मलाई प्रेम गर्छ । तर मैले जतिनगर्दो हो सायद, नत्र उसले जस्तोसुकै समस्यासँग जुधेर पनि मलाई अपनाउने थियो । यदि प्रेम मसँगै गरेको हो भने, जिन्दगी कोही अरुसँग कसरी पो बिताउन सक्ला र उसले ?’मचुपचाप सुनिरहेकी थिएँ उसलाई । कुरा मोड्दै उसले सोधी, ‘के तरकारी पकाइस् ?’‘चिकेन’, छोटो जवाफदिएँ । ‘तँलाई थाहा ? ऊ चिकेन खाँदैन ।
फेरी बहकीन थाली ऊ ।‘ऊसँग हुँदा म पनि भेज बनिदिन्छु । ननभेज खान्नँ । ऊ चुरोट, रक्सी केहि पनि खाँदैन । कति राम्रो बानी छ उसको । म मेरो प्रेमीमा यी गुन होस् भन्ने सोच्थेँ । साधारण मान्छे छ, असाधारण क्षमताभएको । मैले आफ्नो जीवनसाथी जस्तो होस् भन्ने कल्पेकी थिएँ, हो त्यस्तै छ ऊ । मलाई लाग्दैन म ऊ बाहेक कोहि अरुसँग बाँच्न सक्छु । तर उसले यो कुरा बुझेको छैन या बुझ्न चाहँदैन मैले बुझ्न सकेकी छैन ।
प्रेम प्राप्ति नै हो । यदि कसैले मैले पाउनको लागि प्रेम गरेको होईन भन्छ भने उसले प्रेम गरेको हुँदैन । कसलाई मन हुँदैन र, आफुले मन पराएको मान्छेसँग जीन्दगीगुजार्ने ? प्रेमको अगाडी त सबै समस्या सामान्य लाग्छन् । एक्काईँसौँ शताब्दिको केटा भएर पनि परिवारसँग डराउँछ । मैले परिवारको विरुद्ध जाओस् भन्नखोजेको होइन, तर सम्झाउन त सकिन्छ नी । के त्यस्तो अवस्थाहुँदैन, जहाँ परिवार र प्रेम दुबैको साथपाइयोस् ? के त्यस्तो बिन्दु हुँदैन जहाँ प्रेम र परिवार दुवै खुसीहुन सकुन् ? परिवार भनेको त हामीलाई मायागर्ने मान्छे हुन् । उनीहरूहाम्रो प्रगति र खुसी चाहन्छन् ।
अनि आफ्नो खुसी चाहनेलाई आफु केबाट खुसी हुन्छु भन्ननी डराउन पर्छ त ? कुनै अपराध नै गरेको जस्तो ?’ऊ यसैगरी बर्बराई । म चुपचाप सुनिरहेँ । मैले उसको मानसिकता बुझेकीथिएँ । ऊ मबाट कुनै उत्तर खोजीरहेकी थिइन, बस उसलाई सुनिदेओस् भन्ने चाहिरहेकीथी । ‘हेर, मेरो पहिलो प्राथमिकता अहिले पनि मेरो लक्ष्य नै हो । मैले मेरो सपना पुरा गर्नै पर्छ । तर ऊ साथ भइदिएउर्जा मिल्छ । म यस्तो अवस्था चाहन्छु,जहाँ उसका परिवार, मेरो परिवार र हामी सबै खुसीहुन सकौँ । ऊ पनि भविष्यप्रति चिन्तित छ । इमान्दार मात्र होइन अराजकता विरोधीपनि छ । तर आफ्नै परिवारको सोच बदल्न सकिरहेको छैन । उसलाई त्यो शक्ति मिलोस् भन्ने कामना हो । परिवारलाई आफ्नो प्रेमप्रति राजी गराउन सके हुन्थ्यो। तर खै, सक्छकी सक्दैन थाहा छैन ।
कहिलेकाहीँ त उसले मलाई प्रेम गर्दैन कि जस्तो पनि लाग्छ । आजसम्म उसका कुनै ट्विट् मप्रति समर्पित छैनन् । ब्लग लेखिरहने मान्छे हो ऊ, तर मेरो प्रेममा डुबेर कहिल्यै कुनै ब्लग लेखेको छैन । मैले माया नै गर्न जानिनँकी जस्तो पनि लाग्छ । तर जे होस्, सत्य यहि हो की मैले उसलाई जाने र सकेजति प्रेम गर्न कुनै कञ्जुस्याई गरेकी छैन ।’‘खाना सेलायो, खाने होइन?’ मैले बिचमै कुरा काटेर सोधेँ । ‘पख न एकछिन्’ ऊ रोकिने अवस्थामा थिइन । ‘हेर, अविरलले ‘म ढिला चाँडो तिम्रै हो, कुरेर बस्नू’ मात्र भन्दियो भने म अझै धेरै मिहेनत गर्थेँ । अझै धेरै मन लगाएर पढ्थेँ । यस्तो अवस्थामा पुग्थेँ की मेरो परिवार मात्र होइन उसको परिवार पनि मजस्तो बुहारी पाएकोमा गर्व गर्न सकुन् । परिवारलाई खुसी राख्नकुनै कसुर बाँकी राख्ने थिईनँ ।
साँच्चै गवजको हुन्थ्यो हाम्रो सम्बन्ध ।’‘अविरलले पनि यस्तै कल्पेको छ त ?’ मैले खुल्दिुली खोलेँ ।‘सायद कल्पेको छ । यहि विस्वास गर्ने हो मैले । एउटा झिनो आसमा बाँचेकी छु, मेरो प्रेमले जित्नेछ र ऊ परिवारलाई मनाएर मेरो हातमाग्न आउनेछ ।’‘तर आएन भने ?’ .मैले प्रतिप्रश्न गरेँ । ‘यहि प्रश्नले त रुवाउँछ हरदिन । के होला ऊ आएनभने ? सायद म रहन्न । जीवनमा कुनै सपना हुनेछैन । मान्छेको म प्रतिको सबै आसाहरू तुहिने छन् । हो बिनि, म ऊ बिना केहिगर्नै सक्दिन ।’अ बिनाको यो अवस्था देखेपछि मैले प्रेमको शक्ति कस्तो हुने रहेछ भन्ने बुझेँ । जो कहिल्यै प्रेममा पर्दिन भनेर सुनाउथी आज उसलाई प्रेमले यसरी गालेको देख्दा म अचम्मितहुनु अस्वभाविक थिएन ।
जव मान्छे अत्यधिक पीडामा हुन्छ, ऊ केहि बोल्दैन र केहि लेख्दैन भन्ने कुराको उदाहरण थीई ऊ । ‘प्रियअविरल, यदि तिमी मलाई पढ्दैछौ भने, कृपया अबिनालाई गुमाउने गल्तिनगर भन्न चाहन्छु । मलाई अबिनालाई पहिलेकै अवस्थामा देख्ने मन छ । उसले पहिले जसरी नै सबैलाई हौसलादिएको हेर्न मन छ । उसले उसको प्रेमसँगै अरु धेरै सफलतापाएको हेर्ने मन छ । ऊ तिम्रै लागि बनेकीहो र तिमीउसको लागि । मैले उसलाई राम्रोसँग चिनेकी छु, विशेष तरिकाले मित्रतानिभाउनखप्पिस अबिनाले प्रेम झन् कसरी निभाउदीहो ?यहिप्रश्न खेलिरहन्थ्यो मेरो मनमा बारम्बार । उसले तिमीलाई यतिगहिरो प्रेम गरेकी छ की, यसबाट चोट पाई भने ऊ जिन्दगी भर प्रेमबाट भाग्छे र मान्छे प्रेम बिहिन् हुनु भनेको खतराको सूचकहो ।तिमीहरूको प्रेम जहिले भएपनि विवाहमा बदलियोस् र जन्मियोस् यस्तो जोडी जो समाज परिवर्तनको वाहक बन्नेछ । मेरो सुभेक्षा ।