भरतपुरमा विजयी भएपछि रेणु दाहालले भनिन्- जिम्मेवारबोध भएको छ

नवनिर्वाचित भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले महानगरको मेयर जित्नु आफ्नो लागि अत्यान्तै खुसीको क्षण भएको र खुशिसंगै चुनाैतीपुर्ण पनि भएकाे प्रतिक्रिया दिएकी छन्। शनिबार राति मत परिणाम सार्वजनिक भएसँगै दाहालले भनिन्, ‘मलाई असाध्यै खुसी लागिरहेको छ र जिम्मेवारीबोध भएको महसुस भइरहेको छ।’ विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर दाहालले भनिन्, ‘हामी मेयर र उपमेयरमै महिला विजयी भएका छौँ, भरतपुर महानगरलाई हामी पाँच वर्षमा दक्षिण एसियाकै नमुना ‘स्मार्ट सिटी’ बनाएर देखाउने छौँ ।’

मेयर उम्मेदवार दाहालले पहिलो काम एकल महिलाका निम्ति गर्ने बताएकी छिन् । भरतपुर महानगरपालिकाको मेयरमा विजयी दाहालले भनिन्, ‘सर्वप्रथम म भरतपुरका महिलाका अधिकारका निम्ति काम गर्नेछु । त्यसमा पनि एकल महिलाका पक्षमा काम गर्ने छु ।’ केहीबेर अघि माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २०२ मतले हराउँदै महानगरको बागडोल सम्हाल्न लागेकी हुन्। उनले ४३ हजार १ सय २७ मत ल्याएकी थिइन्।