भरतपुर महानगरपालिका १९ काे मतगणना सुरु देवीको अग्रता कायमै

भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणना सुरु भएको छ । कभर्ड हलमा चार समूह बनाएर गणना भइरहेको छ । सबै पार्टीबाट चार-चार जना प्रतिनिधिलाई बस्न दिइएको छ । शुक्रबार मध्यरातदेखि भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना सुरु भएको मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

बिहान सार्वजनिक मतपणिाम अनुसार,

नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको मत : ४११२५
माओवादी केन्द्र कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको मत : ४०४००

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा समेत जडान गरिएको छ ।