भरतपुर महानगरः ज्ञवाली र दाहालबीचको मतअन्तर घटदै १७० मा झर्‍यो

नीय तह निर्वाचनअन्तर्गत् चितवनको भरतपुर महानगरपालिकामा भएको निर्वाचनको मतगणना रोचक बन्दै गएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर–२० को मतगणना अहिले जारी छ ।

मतगणनामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीचको मतअन्तर कम हुँदै गएको छ । दुई उम्मेदवारबीच अहिले जम्मा १७० मतकोमात्र अन्तर छ ।

२० नम्बर वडामा खसेको कुल ३ हजार ३०२ मतमध्ये ४०२ मतगणना हुँदा मतअन्तर कम हुँदै गएको हो । अहिलेसम्म प्रमुखमा एमाले उम्मेदवार ज्ञवालीले ४२ हजार ६९ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । माओवादी केन्द्रकी रेणु दाहालले ४१ हजार ८९९ मत प्राप्त गरेर ज्ञवालीलाई पछ्याइरहेकी छन् ।

यसअघि, भरतपुर महानगर वडा नम्बर–१९ को मतगणना सकिँदासम्म एमालेका प्रमुखका उम्मेदवार ज्ञवालीले २२१ मतले अग्रता लिएका थिए । वडा नम्बर–१९ मा खसेको २ हजार ८७० मतमध्ये दाहालले १५ सय ३१ तथा ज्ञवालीले ९६६ मत प्राप्त गरेका छन् ।