बम गाेली र बारूदसंग नहारेकी पूर्वजनमुक्ति सेनाकी कमाण्डर पवित्राले स्वाइन फ्लुसँग हारिन्
प्रकासित मिति : २०७४ श्रावण २१, शनिबार ०९:४४
प्रकासित समय : ०९:४४
कुनै बेला बम गाेली बारूदसंग लुकामारी गरेकी पुर्व जनमुक्ती सेना पवित्रालार्इ स्वाइम फ्लुले ज्यान लिएकाे छ । जनयुद्धमा ठूला-ठूला लडाइँ जितेको एक कमाण्डरको स्वाइन फ्लुको संक्रमणबाट निधन भएको हाे ।
पूर्व जनमुक्ति सेनाकी कमाण्डर पवित्रा खड्काकोे स्वाइन फ्लुको संक्रमणबाट निधन भएको हो । उपचारको क्रममा वीर अस्पतालमा शुक्रबार विहान ११ बजे उनको निधन भएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता होमबहादुर खड्का ‘हुकुम’की जीवनसंगिनी खड्काको शनिबार चितवन देवघाटमा अन्त्यष्टि गरिएको छ । नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अपर्ण गरेका थिए ।