विद्युत प्राधिकरण घाटामा

विद्युत चुहावटमा आएको कमी तथा गत माघमा गरिएको महसुल वृद्धिका कारण नेपाल विद्युत प्राधिकरणको बार्षिक घाटा एक अर्ब रुपैयाँभन्दा तल झरेको खबर आजको नागरिकमा छ ।

अघिल्लो आर्थिक बर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड घाटमा रहेको प्राधिकरणको नोक्सानी गत आव २०७३/७४ मा एक अर्बभन्दा कम भएको प्राधिकरणको प्रारम्भिक लेखा परिक्षण प्रतिवेदनले देखाएको हो ।

महसुल वृद्धि, चुहावटमा आएको कमी लगायतले नोक्सानी घटेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।