देशका तीन ठुला दरबार अलपत्र हुनुकाे कारण यस्तो रहेछ

नेपाल ट्रस्टको कार्यालयले आफ्नो स्वामित्वमा रहेका तत्कालीन राजाका तीन दरबारलाई संग्रहालय बनाउने भनिए पनि सो योजना अलपत्रमा परेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

कुन-कुन दरबार ?
कार्यालयले पोखराको रन्त मन्दिर, चितवनको दियालो बंगला र हेटौंडाको कान्तिईश्वरी दरबारलाई संग्रहालय बनाउने निर्णय गरेको हो ।

निर्णय कहिले ?
गत जेठमा बसेको ३८ औं बैठकले तीन वटै दरबारलाई संग्रहालय बनाउने निर्णय गरेको थियो ।

किन रोकियो ?
चालु आर्थिक बर्षका लागि अर्थ मन्त्रालयले बजेट नदिएपछि नेपालमा तीन वटा संग्रहालय थप्ने काम रोकिएको हो ।