अखिल क्रान्तिकारीले ल्यायाे कडा कार्यक्रम – शैक्षिक दलाल मुक्त क्षेत्र घोषणा

विप्लव निकट अखिल(क्रान्तिकारी) प्राविधिक विभागले  चिकित्सा र इन्जिनियरिङ शिक्षालाई शैक्षिक दलालहरुले कब्जा गर्न खोजेको भन्दै त्यस्ता दलालहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । सोही कार्यक्रम अनुरुप क्रान्तिकारीको एक केन्द्रीय टोलीले आजै पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा शैक्षिक दलालहरुलाइ निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रतिवाद पछी उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रविधिक विभाग प्रमुख विश्वकर्मा द्दारा व्यक्तव्य जारी गरेको छ। जारी व्यक्तव्यमा वर्तमान दलाल संसदीय राज्य व्यवस्थाले शिक्षा र स्वास्थ्य जस्ता आधारभुत आवश्यकता माथि व्यापार र घिनलाग्दो दलाली गरिरहेको छ ।
नेपाली विद्यार्थी आफ्नै मुलुकमा गुणस्तीयर प्राविधिक शिक्षा अध्ययन गरी राष्ट्रलाई सेवा गर्न लालाहित छन् । दुर्भाग्य सत्तासिन शासकहरुले नीतिगत रुपमा नै बारवन्देज लगाउँदै वर्षेनी हजारौं विद्यार्थी र अरवौं पुँजी पलायन गराइ रहेका छन् । यही गतिविधि केही समय कायम रहेमा हाम्रा विश्वविद्यालयहरु विद्यार्थी विहिन बन्ने विकराल परिस्थिती निजिकिदै छ ।

हाम्रो संगठनले शिक्षा क्षेत्रमा रहेका सयौं थरीका मुकुण्डोधारी दलालहरुको निरन्तर निगरानी गरिरहेका छ । पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थी जुनसुकै आवरणमा नेपाली युवा विद्यार्थी र अभिभावक माथि गरिने शोषण एवं दोहनको प्रतिरोध गरिने छ । राज्यको दलाल चरित्रको फाइदा उठाउँदै विदेशी शैक्षिक संस्थाका प्रतिनिधि हाम्रै शैक्षिक संस्थाका आँगनसम्म आउने कुरा किमार्थ सह्य हुन सक्दैन ।

ले आजको मिति देखि त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस र कलेजहरुमा प्रचार प्रसार या परामर्शको नाममा कुनै पनि हर्कत नगर्न सम्वन्धित पक्षलाई अन्तिम चेतावनी दिन चाहन्छौं । साथै सीप मूलक प्राविधिक शैक्षिक (चिकित्सा र इन्जिनियरिङ्ग) क्षेत्रहरुलाई दलाल मुक्त क्षेत्र घोषणा गरिएको छ । यदि कुनै पनि वर्दि र वहानामा यस्ता खाले गतिविधि कायम रहे भने शैक्षिक लुटपाट विरुद्ध निर्मम संघर्ष सहित झम्टिने अन्तिम चेतावनी दिन चाहन्छौं भनिएको छ।

यस्ताे छ बिज्ञप्ति