नयाँ शक्तिका प्रवक्ता माओवादी केन्द्रमा प्रवेशको अन्तिम तयारीमा

नयाँ शक्ति नेपालका प्रवक्ता तथा सञ्चार विभाग प्रमुख खिमलाल देवकोटाले माओवादी केन्द्रमा प्रवेशको तयारी गरेका छन् ।
पार्टी संयोजक डा. बाबुराम भट्टराई उल्टो बाटोमा हिँडेको भन्दै ६ बुँदे फरक मतसहित प्रवक्ता देवकोटाले राजिनामा दिएका थिए । देवकोटाले स्थानीय तह निर्वाचनमा पार्टीले हार ब्यहोरेकोमा जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएकाे बताएका थिए ।

साउन १० गतेबाट अाफूले पार्टीको सम्पूर्ण जिम्मेवारी परित्याग गरेको बताएका छन् । उनले नैतिकताको कुरा गर्ने बाबुरामले पार्टीको हारको जिम्मेवारी निलएको समेत बताउँदै अाएका छन् ।देवकोटाले संयोजक भट्टराईलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘२०७० सालको निर्वाचनमा आफु संलग्न रहेको पार्टी पहिलोवाट तेश्रोमा झर्दा नैतिकका आधारमा अध्यक्षले राजीनामादिनुपर्छ भनियो निकै जोड गरियो नयाँ शक्तिको खाँचो यसकारण पनि छ भनेर त्यसैलाई पनि कारण बनाइयो’ उनले लेखेका छन् ‘तर आज आफूलाई पर्दा ती प्रसंगवश पनि देखा परेनन्।

त्यसैले कहिँ न कहिँ समस्या छ। यस्तो लागेर कसै न कसैले जिम्मा लिन पर्छ भन्ने महसुस भइ मैले नैतिक जिम्मेवारी लिदै पार्टी प्रवक्ता, सञ्चार विभाग प्रमुख र कार्यकारी समितिको पद परित्याग गर्ने निश्कर्षमा पुगेको व्यहोरा यस अघि अनौपचारिक छलफलमा व्यक्त गरेकै थिए। सोही कुरालाई अहिले औपचारिक रुपमा यो जिम्मेवारी परित्यागको पत्र प्रेषित गरेको छु।’

‘रंगशालाको लाखौको जमातबाट कमलादीमा केही हजार लिएर पुग्यो। त्यहाँबाट पनि बबरमहलमा केही सय मान्छे लिएर आयौं। बबररमहलबाट पनि तिन सहसंयोजक लिएर संयोजकज्यू पार्टी कार्यकक्षमा प्रवेश गर्नुभो’ देवकोटाले अगाडि लेखेका छन् ‘त्यस पछिको लगभग असी प्रतिशत समय परिषद सदस्य थप्ने कार्यसमिति सदस्य थप्ने र वढुवा गर्ने ध्यानमा नै प्राय वैठकहरु सकिन थाले। पटक पटक मैले असहमति राख्दै आए तर सुनुवाई भएन। पार्टीको वैकल्पिक राजनीतिको हेक्कासम्म पनि हुन छाडयो।’
माओवादी केन्द्र स्रोतका अनुसार देवकोटाले पार्टी प्रवेशको लागि छलफल भइरहेको छ ।