गजल

राम्रोसँग जा भन्दै हुनुहुन्थ्याे बा’ले छुट्ने बेलामा
रोक्न चहान्थे आमाका आखाले छुट्ने बेलामा ।

तिमी कति कठोर छौ,त्यही दिन मात्र थाहा भो
जब तिमी बाहेक सब्बै रुन थाले छुट्ने बेलामा ।

समाजमा हिटलरको छबि बनाएका मेरा बा’ले
भलभल्ती किन ? आँसु निकाले छुट्ने बेलामा ।

आँखा भित्र आँसु,झोला भित्र राहदानी हालेर
पीडा नभए झैँ गरि झोला उचाले छुट्ने बेलामा ।

मेरो अन्तिम संस्कार हुदैछ ! मलाई यस्तै लाग्यो
बिदाईका हात हल्लाउँदा प्रियाले छुट्ने बेलामा ।।

कुशे गाउँ पालिका जाजरकाेट हाल मलेशिया