फेरि बढ्ने भयो सवारी भाडा
प्रकासित मिति : २०७४ श्रावण १४, शनिबार ००:५२
प्रकासित समय : ००:५२
नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको खबर आजको गोरखापत्रमा छ । विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको संख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल्दै आएका थिए ।
तर यसपटक भने यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले आपसमा मिलेमतो गरेर भाडा समायोजनको बहानामा सार्वजनिक भाडादर वृद्धि गर्ने तयारी गरेका हुन् । विभागका अनुसार समितिले भाडा समायोजनका लागि तीव्र गतिमा प्रतिवेदन तयार गरिरहेको छ ।