पेल्दै सिंहदरबार,पंगु बन्दै स्थानीय तह
प्रकासित मिति : २०७४ श्रावण १४, शनिबार ०१:११
प्रकासित समय : ०१:११
स्थानीय तहमा जनप्रतिनिधि बहाल भएको दुई महिना नबित्दै केन्द्र र स्थानीय तहबीच अधिकार क्षेत्रका बीचमा द्वन्द्व सुस्तरी बढ्दै गएको पाइएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा एकपछि अर्को गर्दै निर्देशन र परिपत्र पठाइरहेको पृष्ठभूमिमा केन्द्र र स्थानीय तहबीच द्वन्द्व बढेको हो । जनप्रतिनिधिहरुले मन्त्रालयको आदेशले स्थानीय तहलाई पंगु बनाएको बताएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।