यस्ता छन टमाटरको जुसका फाइदाहरू ……
अनाबश्यक बोसो लागेको भद्दा शरीर कसलाई पो मन पर्ला र मोटो शरीर रोगको घर हो भन्दा अत्युक्ती नहोला । आजकल तौल बढेर सबैलाई समस्या भइरहेको छ । वजन घटाउनका लागि डाइटिङ गर्ने वा जिम धाउने काम गर्छन् कोहीकोही । तर टमाटरको जुस पिउँदा पनि वजन कम हुन्छ ।
जुसमा भएको एन्टीअक्सिडेन्ट र मिनरल्सले वजन घटाउन मद्दत गर्छ । गोलभेंडाले शरीरको मेटाबोलीजम पनि बढाउँछ अनि बोसो गलाउँछ । गोलभेंडाको जुस घरैमा सजिलै बनाउन सकिन्छ ।
जुस बनाउने विधि
यसका लागि तपाईं पाकेको दुईवटा टमाटर लिनुस् । यसका साथै आधी चम्चा मरिच र दुई चम्चा मह लिनुस् ।
बनाउने तरिका
शुरुमा टमाटरलाई मजाले पिँध्नुस् र रस निकाल्नुस् ।
मरिचको धूलो बनाउनुस् ।
टमाटरको रस र मरिचको धूलो मजाले फेंट्नुस् ।
यो मिश्रणलाई एउटा गिलासमा हाल्नुस् र त्यसमा दुई चम्चा मह हाल्नुस् ।
जुस तयार भयो ।
यस्तो जुस दिनदिनै बिहान खाली पेटमा पिउनुस् ।