‘बंगालले स्वीकार गरे गोर्खाल्यान्ड’

भारतीय जनता पार्टीका पूर्वउपाध्यक्ष भगतसिंह कोस्यारीले पश्चिम बंगाल सरकारले स्वीकार गरेमा केन्द्र सरकारले क्षणभरमै गोर्खाल्यान्ड राज्य अनुमोदन गर्ने बताए ।

तर, यसलाई नेपालको समस्यासँग जोड्नु नहुने उनको भनाइ छ। लोकसभाका सांसदसमेत रहेका कोस्यारीले भने, ‘पश्चिम बंगाल सरकारले आजै पास गरेर बेग्लै राज्य बनाउन सहमति दिन्छ भने केन्द्र सरकारले त्यसलाई अनुमोदन गरिदिन्छ र गोर्खाल्यान्डका लागि बाटो खुला गरिदिन्छ ।

यसमा केन्द्र सरकारलाई समस्या छैन,’ कोस्यारीले भने, ‘बंगाल सरकारले लेखेर दिँदैन भने हामीले के गर्न सक्छौँ ? यो बंगाल सरकारका कारण समस्या आइरहेको छ ।’ अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।