अस्तब्यस्त र भद्रगोल बन्दै त्रिविका अनुसन्धान केन्द्रहरु

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चारवटै अनुसन्धान केन्द्र निष्क्रिय र कामविहीन हुन पुगेका छन् ।  दलहरुले राजनीतिक भर्ती केन्द्र बनाएका कारण सरकारले पर्याप्त बजेट उपलब्ध नगराएको अनुसन्धान केन्द्रहरु लथालिंग बन्न पुगेका हुन् ।

नेपाल तथा एसीयाली अध्ययन केन्द्र (सिनास), शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड), व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र आर्थिक विकास तथा प्रशासन तथा अनुसन्धान केन्द्र (सेडा) त्रिविअन्तर्गतका अनुसन्धान निकाय हुन् ।आजको कान्तिपुरमा खबर छ ।