ओनसरीको कुर्सीमा पालो दिने यी माननीयको यौनलिला ड्राइभरसँग पनि….

नेपालकै संसदभित्र त्रिकोणात्मक प्रेमकथा चल्दै जाँदा महिला मान्यले झिल्केलाई गोवाको सेभेन स्थान होटल , सयर र पतिलाई स्वयम्भू चौकीको कस्टडीमा कोचेकी छन् । व्यवस्थापिका संसदको कारबाही चलिरहँदा सभामुखलाई पालो दिने एकजना महिला प्रायः टेलिभिजनहरुमा देखिन्थिन । उनै हुन् प्रतीक्षा तिवारी मुखिया ।

माओवादीबाट समानुपातिकतर्फकी सांसद उनी विधायन समितिकी सदस्य समेत हुन् । तर, माया प्रेमको काण्डमा परेर आजकाल संसद बैठकमा भाग लिन पाउने, तर सभामुखको आसनमा बस्न नपाउने गरी कारबाहीमा परेकी छन् । उनैले हत्या अभियागेमा करिब ६ वर्ष जेल सजाय भुक्तान गरी करिब एक महिनाअघि रिहा भएका पति श्रीचन्द मुखियालाई एक रात प्रहरी हिरासतमा राखेर अर्को दिन सम्बन्ध विच्छेद गरेकी छन् ।

एक सांसदसँग प्रेममा परेकी, तर आफ्नै गाडी चलाउने ड्राइभरलाई भारतको गोवासम्म लगेर भिभिआइपी सुविधामा प्राप्त सात तारे होटलमा राखेपछि कूटनीतिक मर्यादा उल्लंघन गरेको आरोपमा उनीमाथि कारबाही चलिरहेको छ । उनले पति जेलमै रहेको अवस्थामा एकजना अधबैंशेसँग विवाह गर्ने भनी सम्बन्धविच्छेद गर्न लगाएकी थिइन् । तर, अहिले पत्नी छाडिसकेका ती व्यक्तिस“ग हैन, संसदकै एक सदस्यसँग नजिकिएकी छन् । उनीविरुद्ध तीन वर्षको गाडी भाडा नदिएको उजुरी संसद सचिवालयमा छ ।

श्रीचन्द रिहा हुनासाथ देशको विधायक रहेकी पत्नी र ९ वर्षीय छोरा काठमाडौं भेट्न आए । गठठघरमा आफन्तकहाँ बसेकी होलिन भनी त्यहा“ पुगे । भेटेनन् । सर्वसाधारणलाई नया“ बानेश्वरस्थिति संसद भवन र सिंहदरबारस्थित संसद सचिवालय छिर्ने अनुमति छैन, श्रीचन्दले पनि त्यो अनुमति पाएनन् । एउटा मोबाइल नम्बर पाए , तर फोन उठेन । बुझ्दै जा“दा पत्नी अर्कैको घरमा बस्न थालेकी रहिछन् । छोरोलाई पनि अरुले नै पालेको ।

स्वयम्भू गए, बहिनीको घरमा । अरु नम्बरबाट गरेको फोन प्रतीक्षाले उठाइन् । त्यहा“ बोलाए । काठमाडौं आएर पनि पत्नी भटन नसकेको रिसमा आगो बनेका श्रीचन्दले भेटनासाथ दुई चार झापड लगाए । यस्तो झापड हाने कि प्रतिक्षा बेहोस भएर लडिन ।होसमा आएपछि प्रहरी बोलाइन् । श्रीचन्दलाई स्वयम्भू प्रहरी वृत्तमा थुनाइन । भोलिपल्छ जिल्ला अदालत धनुषामा सम्बन्ध विच्ेछद गरेर फर्किइन । –जनआस्था साप्ताहिकमा खबर छ ।