जब कैदीहरुले एकअापसमा मिठाई बाँडेर खुसी साटासाट गरे……
प्रकासित मिति : २०७४ श्रावण ६, शुक्रबार ००:५५
प्रकासित समय : ००:५५
जीर्ण भवनमा कष्टपूर्ण सजाय काट्दै आएका जिल्ला कारागारका कैदीबन्दी बिहीबार हर्षित देखिन्थै । उनीहरुले एक अर्कालाई मिठाई बाँडे, खुसी मनाए । आजको कान्तिपुरमा खबर छ ।
यो खुसीको एउटै कारण हो, सुविधासम्पन्न भवनमा बस्न पाउनु । करिब ४० बर्ष पुरानो भवनमा बस्दै आएका २ सय १३ कैदीबन्दीलाई नवनिर्मिात भवनमा सारिएको छ ।