कड्किदै देउवाले भने अन्तरघातीलाई पार्टीबाट निकाल्छु, पडकिए पौडेल पनि अन्तरघातको जिम्मा कस्ले लिने ?

राेचक सवाल जवाफ पाैडेल र देउवाकाे

बिहिबार बानेश्वरकाे अानन्द पार्टी प्यालेसमा नेपाली काँग्रेसकाे दुर्इ नं प्रदेशका अगुवा कार्यकर्ता हुल जम्मा भएकाे थियाे । भेलामा काँग्रेसका बरिष्ठ नेताहरूकाे बाक्लै उपस्थिति थियाे । ढिलै गरि कार्यक्रम सुरू भयाे । कार्यक्रमकाे अाैचित्यबारे पुर्व गृहमन्त्री तथा नेता बिमलेन्ध निधिले अाैचित्य पुस्टी गरे ।

उनले दुर्इ नं प्रदेश काँग्रशकाे अखडा भएकाे दावी गरे १२७ मा १ सयमा अाफ्नाे जित सुनिश्चित भएकाे ठाेकुवा गरे । त्यसपछि पालाे अायाे कृष्ण सिटाैलाकाे काँग्रेसकाे तेस्राे तथा कान्छाे गुटकाे नेतृत्व गरिरहेका सिटाैलाले पार्टी बलियाे र एकताबद्ध हुनुपर्ने धारण राखे । त्यसपछि पालाे अायाे महामन्त्री शसांक काेइरालाकाे शसांकले गिरिजालार्इ सम्झदै गजबकाे कटाक्ष गरे उनले भने मलार्इ बाहिर डर भन्दा पनि मेरै काँग्रेशकाे डर छ । पार्टी भित्र भएकाे अन्तरघातकाे पिडा जटिल भएकाे धारण राखे । त्यसपछि पालाे अायाे बरिष्ठ नेता पाैडेलेकाे  उनले सभापतिलार्इ कटाक्ष गर्दै त्यतै तिर खनिए ।

पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको उपस्थितिमा भएको कार्यक्रममा नेताहरुले पार्टीबाट मेयर उम्मेदवारको उम्मेदवार सिधै केन्द्रबाट फिर्ता लिएर माओवादीलाई भोट मागेर देउवाले अन्तरघातको सुरुवात गरेको वताए।

यस्ताे थियाे  पाैडेलकाे सवाल

‘मैले सभापतिजीलाई यो कुरा भित्र कोठाको बैठकमा पनि भनेको छु, आज पनि भन्न चाहन्छु, पार्टीमा अन्तरघात भएकै हो । यसको जिम्मा लिने कि नलिने ? मनोपोली प्रबृत्तिले पार्टी चल्दैन’ पौडेलले भने, ‘अन्तरघात कहाँबाट सुरुर भयो, कसले सुरु गर्यो, अव कारवाही हुने कि नहुने ?’

पौडेलले उनले आफू समावेशी र समानुपातिको पक्षमा रहेको भए पनि सभापति देउवाकै कारण त्यसो हुन नसकेको दाबी गरे‘सभापतिलाई भन्न चाहन्छु, राजदूत नियुक्ति गर्दा आइजईपी नियुक्ति गर्दा के भयो ? यसमा खै समावेशी ? पार्टीको बेइज्जत भयो’ पौडेलको भनाई थियो, ‘नेतृत्वले यसको जिम्मा लिने कि नलिने ?’

मधेसी दललाई देखाएर कांग्रेस नेतृत्वले मुलुकलाई अकर्मण्यतामा फसाउन नहुने पौडेलको भनाई थियो । ‘सँधै मधेसी दललाई पर्खिरहन सकिंदैन, कहिलेसम्म पर्खिइरहने, कांग्रेस कहिलेसम्म मधेसी दलको वरिपरी घुमिरहने ?’ पौडेलको भनाई थियो ।

अनि देउवाकाे जवाफः अन्तरघातीलाई कारवाही गर्छु

भेलामा सभापति शेरबहादुर देउवाले पार्टि भन्दा ठुलाे काेहि नहुने बताए । पार्टीकाे अान्तरिक जिवनमा दुर्इ नं प्रदेशकाे चुनाव जिवनमरणकाे लडार्इ भएकाे बताए । देउवाले अब पार्टी भित्रका अन्तरघातीहरुलाई अनुशासन आयोग बनाएर कारवाही गर्ने बताए । चुनावमा चन्तरघात गर्नेलाई कारवाही गरेरै छोड्ने प्रधानमन्त्री देउवाको चेतावनी दिए ।

प्रधानमन्त्री देउवाले २ नम्बर प्रदेशको चुनाव कांग्रेसको लागि जीवन मरणको सवाल भएको भन्दै त्यसमा प्रभावकारी ढंगले लाग्न पार्टीपंक्तीलाई निर्देशन समेत दिए ।