किन गर्दैछन् बैंकहरुले होटलमा लगानी ?

पर्यटन क्षेत्रमा नयाँ कम्पनी थपिएसंगै बैंक तथा वित्तीय संस्थाको यस क्षेत्रमा लगानी पनि बढ्न थालेको छ । देशमा राजनीतिक वातावरण सुध्रिदै गएपछि ब्यवसायले गति लिने विश्वासका सात होटललगायतका पर्यटनलाई सेवा दिने कम्पनी खुल्न थालेपछि बैंकका लागि पनि लगानीको आकर्षण क्षेत्र बन्न थालेको हो ।

०६२, ६३ सालको राजनीतिक परिवतर्नसंगै नेपालमा पर्यटकीय क्षेत्रमा नयाँ नयाँ कम्पनी आएका छन् । पछिल्लो समयमा पाँचतारे होटलदेखि, रिसोर्ट साना होटल, तथा रेस्टुंराहरु खेल्ने क्रम बढेसंगै बैंकहरुको लगानी पनि बढ्दै गएको हो, यो खबर आजको करोवारडेलीमा छ ।