भारतीय प्रहरीद्धारा नेपालका एक युवक पक्राउ

भारतीय प्रहरीले नेपालबाट एक युवकलार्इ पक्राउ गरि भारतको रक्सौल लगेको छ । मगंलबार साँझ पर्सा जिल्लाको सिमावर्ती गाउँ पर्सौनी भाठाबाट भाष्कर पाण्डेलाई भारतीय प्रहरीले पक्राउ गरको छ । सिर्मावर्ती बजार रक्सौल तथा भेलाहि थानाबाट आएको प्रहरीले पर्सौनीभाठा स्थित घरबाट नै नेपाल प्रहरीको सहयोगमा लगेको उनका अफन्तजनले बताएका छन् ।

भारतीय शहर रक्सौलको लक्ष्मीपुर स्थित कैम्ब्रिज पब्लिक स्कूलमा दुइ हप्ता अगाडि अपराधिहरुले एके ४७ बाट गोली प्रहार गरेको घटनामा संलग्न रहेको आशंकामा पान्डेलार्इ भारतीय प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

स्कुल व्यवस्थापनले अपराधी समुहलाइ पैसा नएिकोले ३ जुलाइको दिन मोटरसाइकलमा आएका दुइजना अपराधिल विद्यालय परिसदमा गरेको गोलीप्रहरबाट ३ जना सिसिस्त घाइते भएका थिए ।

ब्बलु पान्डे अपराधि समुहसगं भाष्कर पान्डोको सम्बन्ध रहेको र त्यहि ग्रुपले यो घटना गराएको भारतीय प्रहरीको बुझाइ रहको छ । पसौनी भाठा बार्ड नम्बर ८ निवासी मनोज पान्डेका छोरा भाष्कर पान्डेलाइ प्रहरीले पक्राउ गरि रक्सौल थानामा लगेको स्थानियहरुले बताएका छन् ।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदिप गीरीले अन्यभीज्ञता जनाएका छन् । उनले भने,‘मैलपनि पर्सौनीबाट पान्डेलाइ पक्राउ गरेको सुनेको छु,घटनाकाबारेमा अनुशन्धान भइरहेको छ’। नेपाली प्रहरीको सहयोगमा भारतीय प्रहरीले पान्डेलाइ घरबाट पक्रउ गरि लगेको स्थानियहरुको आरोप समेत रहेको छ ।