जुवा खालबाट गायक बद्री पंगेनी पक्राउ

चर्चित लोकगायक बद्री पंगेनी जुवा खालबाट पक्राउ परेका छन् । मंगलबार राति प्रहरीले महाराजगञ्ज बाँसबारीमा जुवाखालमा छापा मार्दा २ लााख नगद र पंगेनीसहित ११ जना पक्राउ परेका हुन् ।

स्रोतका अनुसार उनलाई प्रहरी हिरासतमा पनि छुट्टै राखिएको थियो छ । तर प्रहरीले यसबारे केहि बताउन चाहेको छैन् । प्रहरी स्रोतका अनुसार पंगेनी गायक भएका कारण केहि पनि बताउन नचाहेको हो । उनी छुट्ने प्रक्रियामा छन् ।

प्रहरी स्रोतका अनुसार गायक पंगेनीलार्इ छुटाउन एमाले नेताहरूले प्रहरीलार्इ दबाब दिदैं अाइरहेका छन् । स्थानीय तह निर्वाचनमा नेकपा एमालेको ‘मै पनि एमाले सै पनि एमाले’ भन्ने गीत पंगेनीले गाएका थिए । नेकपा एमालेभित्र स्थानीय तह निर्वाचनमा गायक पंगेनीले गाएको उक्त गीत निकै चर्चित थियो ।