यसकारण झंकनाथ टोलाईरहेका थिए, बेहोस थिईन, उनकी श्रमती

काठमाडौं – एउटा कोठामा झंकनाथ टोलाईरहेका थिए, अर्कोमा बेहोस थिईन, उनकी श्रमती । छोरो विजयलाई भने काका सीतारामले अंगालो हालेर बसेका थिए ।

भेलले बगाएर मृत्यु भएकी विनिता फुयाँल दाजु विजयसंग (माथि) विनिताको मृत्युभएपछि बनाउँदै स्थानीय । तस्विर नागरिक

आईतबार विहान साढे ११ बजेतिर तारकेश्वर नगरपालिका १३ नेपालटास्थित झंकनाथ फुयाँलको घर पुग्दाको दृश्य हो यो । गत शुक्रबार आपरान्ह बर्षाको भेलले बगाएर मृत्यु भएकी १० बर्षीया विनिताका बबु हुन्, झंकनाथ ।

आईतबार नेपालटार पुग्दा झंकनाथ, उनकी श्रमती र आफन्त मात्र होईन पुरै टोल शोकमग्न थियो । बेहोस् झंकनाथकी श्रमती घरीघरी निन्द्राबाट ब्युँझिएझैँ उठेर एउटै शब्द दोहोर्याईरहेकी थिईन् मेरी छोरी ।

राजधानीको सडकमा बर्षाको भेलले बगाएर १० बर्षिया छोरी गुमाएका झंकनाथको टोलाई र मौनतामा पुत्री वियोगको पीडा मात्र होईन, सरकारप्रति आक्रोश समेत थियो, यो कभर स्टोरी खबर आजको नागरिक दैनिकमा छ ।