लाईसेन्स निकाल्न डाक्टरका यस्ता कर्तुत

निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले केही दिनअघ एक सार्वजनिक कार्यक्रममा विशेषज्ञको लाईसेन्स परीक्षामा फेल भएपछि पास गराईदिन फोन आएको खुलासा गरे । थापाका अनुसार उनलाई त्यसरी भनसुन गराउने डाक्टरको संख्या एक दर्जन हाराहारीमा थियो ।

थापाकै भनाईमा उनले डाक्टर जस्तो संवेदनशिल पेसा अपनाउने पेसाकर्मीलाई भनसुन काउन्सिन्लका अधिकारीसम्मै पुर्याउँछन् । काउान्सिलका अधिकारीका अनुसार दर्जनोँ नेता र उच्चच पदस्थहरु चिनेजानेकाका लागि भनसुन आफन्ताका लागि त सकेसम्म चलखेल नै गर्नसमेत तम्सिएका थुप्रै उदहारण छन् ।

‘जति धेरैपटक फेल भएको विद्यार्थी हो उसले त्यति नै बढी दबाब र भनसुन बढाउँदै लान्छ, काउन्सिलका पुर्वउपाध्यक्ष डा. शशि शर्माले भने- ज्यान मार्ने धम्की आउँछ, अदालतमा मुद्धा हालिदिने चेतावनी पनि धेरै आउँछन । आजको नागरिक दैनिकमा खबर छ ।