मृृत्युदण्डको मुखबाट फर्किएकी डोल्माकाे नाममा उठाईएको रकम कहाँ छ ?

कुवेतमा १० बर्ष आजीवन कारवास सजाय भुक्तान गरेर फर्किएकी डोल्मा शेर्पा राजधानीमा बेखर्ची भएर आश्रयघरमा बसरिहेकी छन् । तर उनको नाममा उठाईएको लाखौँ रकम कहाँ छ, कसैलाई थाहा छैन ।

फिलिपिनो सहकर्मीको हत्या अभियोगमा कुवेती कानुअनुसार सुरुमा मृत्युदण्ड सजाय सुनाईएकी डोल्माको सजाय ब्लडमुनी बुझाएर आजीवन कारवासमा झारिएको थियो । दस बर्ष लामो जेलजीवन कटाएर उनी एक साताअघि रजधानी फर्किएकी हुन् ।

डोल्मालाई थुनामा राखेर मृत्युदण्ड सुनाएपछि डोल्मा शेर्पा बचाउँ अभियान भनेर अन्तर्राष्ट्रिय तहमा सुरु भएको अभियाानमा ५० लाख रपैयाँभन्दा बढी सहयमोग रकम उठेको मिडियामै सार्वजनिक भएको थियो । हलिे त्यो रकम कहाँ छ, कसैलाई थाहा छैन । उनको नाममा उठेको लाखौँ रुपैयाँको खोजबिन अझै हुन सकेको छैन । अाजकाे कान्तिपूर दैनिकमा खबर छ ।