अब भारतिय एसएसबीले नेपालको सीमानामा गुप्तचर खटाउने

नेपाल र भुटानसँगको खुल्ला सीमा सुरक्षामा खटिएको भारतीय सशष्त्र सीमा बल (एसएसबी) ले यसको गुप्तचर संयन्त्र स्थापनाका लागि स्वीकृति पाएको छ । भारतविरोधि शक्तिहरुका गतिविधि निगरानी गर्न भन्दै पहिलोपटक स्थापना गर्न लागिएको संयन्त्रमा ६ सय ५० फिल्ड तथा स्टाफ एजेन्टहरु रहनेछन् । एक वरिष्ठ अधिकारीका अनुसार सीमा सुरक्षा तथा आन्तरिक सुरक्षाका लागि विशेषखालको लडाकु गुप्तचर संयन्त्र बनाउन र भर्ति गर्न संसदीय समितिले पेश गरेको प्रस्तावलाई भारतीय गृह मन्त्रालयले स्वीकृति दिएको हो ।

एसएसबीले यसबाट आफ्नो सञ्चालन प्रभावकारीतामा ठूलो टेवा पुग्ने भारतीय गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरेको छ । एसएसबीले १ हजार ७ सय ५१ किलोमिटर लामो नेपाल-भारत बोर्डर र ६ ससउ ९९ किलोमिटर लामो भारत-भुटान बोर्डरमा गस्ति गर्दै आएको छ ।

अब यी दुई क्षेत्रहरुमा तथा झारखण्ड र बिहारमा नक्सलविरोधि अपरेसनहरुमा भर्ति गरिएका इकाइहरुमा आफ्ना गुप्तचर एजेन्टहरुलाई तालिम दिएर खटाउनेछ । ‘दुवै सीमाक्षेत्रमा मानिसहरुको आवातजावतमा रोक लगाइने छैन । विशेषतः नेपालको हकमा दुवैतर्फको जनसंख्याबीच बलियो क्षेत्रीय, सांस्कृतिक र आर्थिक सम्वन्ध रहेकाले ुसीमा सुरक्षा प्रभावकारी बनाउनु चुनौतिपूर्ण छ’ एक अधिकारीले भने ।