नेपालमा भारतीय टिभी च्यानल बन्द गर्ने चेतावनी

नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्रायले लागु गर्ने भनेको टेलिभिजन च्यानलमा क्लिन फिड नीति प्रति भारतीय बोर्डकास्टिङ फाउन्डेसनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

फाउन्डेसनका महासचिव गिरिस श्रीवास्तवले क्लिन फिड नीति प्रशारकको भावनाविपरित र व्यापारको दृष्टिले अलाभकारी भएको बताएका छन् । उनले यो नीति लागु गरिए भविष्यमा भारतीय च्यानल बन्द गर्नेसम्मको अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

उनले व्यापारिक दृष्टिकोणले क्लिन फिड नीति व्यवहारिक नभएको बताए । ‘क्लिन फिड नीति नेपाल सरकारको लागि प्रतिकुल हुनेछ,’ उनले भने ।

फाउन्डेसनले आयमा हुने घाटा रोक्न र रोजगारी गुम्न नदिन नेपाल सरकारलाई यो निर्णय फिर्ता लिन आग्रह समेत गरिसकेको बताइएको छ । फाउन्डेसनले यसअघि पनि नेपाल सरकारका प्रतिनिधिहरुलार्इृ भेटेर यो नीति लागु नगर्न दबाब दिएको थियो ।